अर्घाखाँची र पर्सामा दुईजना मृत फेला
शुक्रबार, १९ फागुन २०७९, १५ : ३९
काठमाडौँ । शुक्रबार अर्घाखाँची र पर्सामा दुईजना मृत अवस्थामा फेला परेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ मा प्युठान नौबेनीका ५५ वर्षीय भुपाल पुन आफ्नै कोठामा मृत फेला परेका छन् । निर्माणको काम गर्दै आएका पुन मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उता पर्सामा पनि एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको जिराभवानी गाउँपालिका–१ बलवा बस्ने ६० वर्षीय नवि मियाँ स्थानीय चमरी खोलामा मृत अवस्थामा फेला परेका हुन् । मियाँ बुधबारदेखि घर परिवारको सम्पर्कमा थिएनन् । प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव खोलामा फेला पारेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण