पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबार, २० फागुन २०७९, ०५ : ४४

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया रहेको छ ।
शनिबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार पनि देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जयपुरस्थित क्रिकेट स्टेडियमलाई बमले उडाउने धम्की
-
जेठ १ अर्थात् ऐतिहासिक विद्यार्थी एकता दिवस
-
रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने
-
कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट
-
प्रहरी नायव निरीक्षक खड्का उत्कृष्ट अनुसन्धानकर्ता