आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिनमा १० लाख बढीले हेरे ‘पैसा सापटी दिएपछि बोलचाल हरायो’

शनिबार, २० फागुन २०७९

काठमाडौँ । पैसा सापटी दिएपछि साथी हरायो । लोकप्रिय लोकगायक बद्री पंगेनीले सामाजिक विषयमा तयार पारेको यो गीत सार्वजनिक भएको तीन दिनमा १० लाख बढीले हेरिसकेका छन्।

आफन्त, नातेदार र साथीभाइले अनेकन् बहानामा पैसा सापट लिने र तिर्ने बेलामा सयौँ बहाना बनाएर लापत्ता हुने विषयमा उनले गायिका रचना रिमालका साथ गाएको यो गीतलाई रिलिज भए लगत्तै दर्शक श्रोताले मन पराएका छन्। आफन्त र साथीभाइलाई सहयोग र उपकार गर्ने क्रममा मानिसहरू कसर आफै बरबाद हुन्छन् र समस्यामा पर्छन् अनि पैसा फिर्ता नगरी उनीहरूले कसरी दुःख दिन्छन् भन्ने विषयमा गाइएको गीतमाथि भिडियो पनि सोहीअनुसार फिल्मी शैलीमा तयार पारिएको छ। गीतमा खास गरी दुई मिल्ने दम्पतीबीच पैसा सापटीका कारण आएको दरारको कथा प्रस्तुत गरिएको छ भने सोही कारण जेलनेलको अवस्थासमेत सिर्जना भएको भिडियोमा देखाइएको छ।

१७ मिनेट लामो भिडिया गायक पंगेनीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्। गीतमा रचना र संगीत पनि गायक पंगेनीकै छ भने संवादसमेत राखिएको गीतको भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्। गीतको भिडियोलाई हास्य अभिनेता तथा मोडल सागर लम्साल (बले), पुराना फिल्मकर्मी तथा टिकटक स्टार सन्तोष पौडलले (बटुकजी), अनु रेग्मी, नन्दा बस्याल, भेष केसी, अनुप विष्ट, विजय शर्मा गैरे, अस्मिता श्रेष्ठ, सीता अधिकारी, सेजनी शर्मा, अहान वसिष्ठलगायतले अभिनय गरेका छन्। छायांकन राजेश घिमिरे र सम्पादन मनोज कार्कीले गरेका छन्। गीतमाथि एक मिलियनभन्दा बढी टिकटक बनिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया