शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

एलिनाको जन्मदिनमा प्रतापको सन्देश :‘तिमी मैले भेटेको सबैभन्दा अद्भुत व्यक्ति हौ’

शनिबार, ०६ असार २०८३, १४ : ०८
शनिबार, ०६ असार २०८३

सारांश

  • गायक प्रताप दासले गायिका एलिना चौहानलाई जन्मदिनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन्।
  • प्रतापले एलिनालाई आफ्नो सबैभन्दा मनपर्ने, राम्रो, मायालु र अद्भुत व्यक्ति भन्दै उनको प्रगतिको कामना गरेका छन्।
  • उनले एलिनाले सोचेका सबै कुरा पूरा हुन् र जीवनमा सफलता, खुसी, राम्रो स्वास्थ्य र धेरै माया प्राप्त गरोस् भन्ने इच्छा व्यक्त गरेका छन्।

काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रका चर्चित गायक प्रताप दासले गायिका एलिना चौहानलाई जन्मदिनको अवसरमा सामाजिक सञ्जालमार्फत निकै आत्मीय शुभकामना दिएका छन्। उनले एलिनालाई आफ्नो सबैभन्दा मनपर्ने व्यक्तिको रूपमा सम्बोधन गर्दै जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गरेका हुन्।

एलिनाको प्रगतिको कामना गर्दै प्रतापले उनलाई सधैँ यसैगरी हाँसिरहन, खुसी रहन र जीवनका हरेक पलहरू सुन्दर बनुन् भनी कामना गरेका छन्। एलिनाले सोचेका, चाहेका र सपना देखेका सबै कुराहरू पूरा हुन् भन्दै उनले जीवनमा सधैँ सफलता, खुसी, राम्रो स्वास्थ्य र धेरै माया प्राप्त गरोस् भन्ने इच्छा व्यक्त गरेका छन्। 

एलिनालाई ‘नानी’ भनी सम्बोधन गर्दै प्रतापले लेखेका छन्, ‘तिमी मैले भेटेको सबैभन्दा राम्रो, मायालु र अद्भुत व्यक्ति हौ, भगवानले तिम्रा हरेक पाइला सफल बनाइदिउन्।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप