मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
सारांश
- मुस्ताङ भन्सारले ११ महिनामा ७ अर्ब ६६ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ।
- कोरलानाकाबाट १३ अर्ब ८९ करोडको मालसामान पैठारी र २० करोडको निकासी भएको छ।
- दुई हजार ९९७ विद्युतीय सवारीसाधनबाट करिब ७ अर्ब राजश्व सङ्कलन भएको छ।
मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवको ११ एघार महिनामा रु सात अर्ब ६६ करोड ८५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि जेठ मसान्तसम्म नेपाल–चीन उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारी माल वस्तुबापत मुस्ताङ भन्सार कार्यालयले उक्त परिमाणमा राजश्व सङ्कलन गरेको हो ।
कार्यालयका प्रमुख विदुर चुडालका अनुसार नेपाल–चीन उत्तरी कोरलानाकाबाट रु १३ अर्ब ८९ करोड ५२ लाख मूल्य बराबरको मालवस्तु पैठारी भएको छ । यसैगरी रु २० करोड ५५ लाख ७४ हजार मूल्य बराबरको मालवस्तु भन्सार जाँचपास भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख चुडालले जानकारी दिए । उनका अनुसार यस नाका गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
गत जेठसम्म दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन (इभी) कोरलानाबाट भन्सार जाँचपास भई नेपाल भित्रिएका कार्यालयले जनाएको छ । भन्सार प्रमुख चुडालका अनुसार चीनबाट पैठारी गरिएका विद्युतीय सवारीसाधनबाट करिब रु सात अर्ब राजश्व सङ्कलन भएको छ ।
गतवर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै खुल्ला भएको कोरला वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याइएको हो । कोरलानाका हुँदै निकासी तथा पैठारी गरिएबापत मुस्ताङ भन्सार कार्यालयले चालु आवको साउनमा सबैभन्दा कम रु सात लाख ५७ हजार र असोजमा सबैभन्दा बढी रु दुई अर्ब ४९ करोड २५ लाख राजश्व सङ्कलन गरेको कार्यालयका प्रमुख चुडालले जानकारी दिए ।
कोरलानाकाबाट विद्युतीय सवारीसाधनसहित चाडपर्व लक्षित लत्ताकपडा, इलेक्ट्रोनिक उपकरण, जुत्ताचप्पल, किराना सामग्री, कस्मेटिकलगायत मालवस्तु नेपाल भित्रिने गरेका छन् । यसैगरी नेपालबाट हस्तकलासम्बन्धी सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण