आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार

आइतबार, ०७ असार २०८३, ०० : ०२
आइतबार, ०७ असार २०८३

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचारसहित हाजिर भएका छौँ–

१. रास्वपा महाधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन भोलि आइतबारदेखि चितवनको भरतपुरस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा भव्य रूपमा सुरु हुँदै छ । महाधिवेशनको पूर्वसन्ध्यामा आज शनिबार दिनभर महाधिवेशन स्थलमा अन्तिम तयारीका कामहरू तीव्र पारिएको छ । केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनका लागि आवश्यक पर्ने प्राविधिक तथा प्रशासनिक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

२. सहमतिमै नयाँ नेतृत्व

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी एकतालाई मध्यनजर गरी सहमतिबाट नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकता दिएको छ । विवेकशील साझा, बालेन्द्र समूह, थारुवान/थरुहट समूह, जेनजी समूह लगायत समूह मिसिएपछि विशाल पार्टी बनेको रास्वपाको आइतबारदेखि चितवनको भरतपुरमा प्रथम महाधिवेशन हुँदैछ ।

३. इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

इरानको संयुक्त सैन्य कमाण्डले शनिबारदेखि रणनीतिक रूपमा महत्त्वपूर्ण ‘होर्मुज स्ट्रेट’ पुनः बन्द गर्ने घोषणा गरेको छ ।

लेबनानमा जारी इजरायली आक्रमण र अमेरिकाले युद्ध अन्त्य गर्ने आफ्नो वाचा पूरा नगरी ’बदनियतपूर्ण’ रूपमा सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै इरानले यस्तो कदम चालेको जनाएको छ । सरकारी टेलिभिजनमार्फत जारी गरिएको सैन्य विज्ञप्तिमा भनिएको छ, ’यदि आक्रामकता जारी रह्यो भने, हामीले थप कडा कदमहरू चाल्ने योजना बनाएका छौं ।’

४. निजी क्षेत्रको मनोबल

बैंकिङ प्रणालीमा अत्याधिक तरलता र घट्दो बैंक ब्याजदरका बाबजुद पनि निजी क्षेत्रमा कर्जा विस्तार खुम्चिएको अवस्था छ । कारण– निजी क्षेत्रको मनोबल उठ्न नसक्नु हो । जेनजी आन्दोलनबाट खस्किएको निजी क्षेत्र अझै उठ्न सकेको छैन ।  

५. फोटोफिचर

शनिबार ललितपुरको जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा मनाइएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको समापनका अवसरमा आयोजना गरिने भोटो जात्रामा परम्पराअनुसार बहुमूल्य भोटो सर्वसाधारणलाई प्रदर्शन गरिएको छ ।

सिन्धुपाल्चोकमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ केवल पदयात्राको मार्ग मात्र होइन प्रकृति, संस्कृति र आध्यात्मिकताको अद्भुत सङ्गम हो । ह्योल्मो परम्पराअनुसार यसको नाम धर्मचक्र पर्खाल हो। 

नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व । यो चाड अरूभन्दा भिन्न छ । यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ । सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ।

६. विकासमा कोशी प्रदेशको बेथिति

कोशी प्रदेशको सार्वजनिक लेखा समितिको बैठकमा नीतिगत भ्रष्टाचार र प्राविधिक लापरबाहीको फेहरिस्त प्रस्तुत भएको छ । महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदनमाथि भौतिक पूर्वाधार विकास मन्त्रालयसँग भएको छलफलका क्रममा सुनसरीको धरान जोड्ने धरान–चतरा–भोजपुर सडकस्थित दुधकोशी नदीको चुहारको पुल प्रमुख मुद्दा बन्यो ।

७. पूर्वगोर्खामाथि आक्रमण

बेलायतको अल्डरसटस्थित म्युनिसिपल गार्डेन्स पार्कमा भूतपूर्व गोर्खा सैनिकसहित नेपाली वृद्धवृद्धामाथि जातीय घृणाप्रेरित आक्रमण भएको छ। घटनामा संलग्न भएको आरोपमा ह्याम्पशायर प्रहरीले ५८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ।

८. खोपको अभाव

देशभर माग अनुसार रेबिजविरुद्धको भ्याक्सिन (खोप) आपूर्ति हुन सकेको छैन । माग उच्च हुने र भ्याक्सिन आपूर्ति न्यून मात्रामा हुने हुँदा केही दिन यता भ्याक्सिन अभाव सिर्जना भएको हो ।

९. कसले चोर्‍यो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन भोलि आइतबारदेखि चितवनको भरतपुरस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा भव्य रूपमा सुरु हुँदै छ । महाधिवेशनको पूर्वसन्ध्यामा आज शनिबार दिनभर महाधिवेशन स्थलमा अन्तिम तयारीका कामहरू तीव्र पारिएको छ । केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनका लागि आवश्यक पर्ने प्राविधिक तथा प्रशासनिक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

१०. महाधिवेशन मंसिरमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुने भएको छ। असार ५ र ६ गते काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

११. विश्वकप

१२. शनिबार विशेष

रातोपाटीको शनिबार विशेष सामाग्रीहरु:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप