ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
सारांश
- ह्युस्टनमा जारी फिफा विश्वकप २०२६ को खेलमा नेदरल्याण्ड्सले स्विडेनविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।
- नेदरल्याण्ड्सका लागि ब्रायन ब्रोबीले खेलको ५औं र १७औं मिनेटमा गरी दुई गोल गरेका छन् ।
- पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्याण्ड्सका लागि अघिल्लो चरणको यात्रा सहज बनाउन यो जित आवश्यक छ ।
काठमाडौँ । अमेरिकाको ह्युस्टन स्टेडियममा जारी फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गतको महत्त्वपूर्ण खेलमा नेदरल्याण्ड्सले स्विडेन विरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ । नेपाली समय अनुसार शनिबार राति पौने ११ बजे सुरु भएको यस खेलमा नेदरल्याण्ड्सले सुरुदेखि नै आक्रामक रणनीति अपनाउँदै खेललाई आफ्नो पूर्ण नियन्त्रणमा राखेको छ। पहिलो खेलमा जापानसँग २–२ गोलको बराबरी खेल्दै १ अंक मात्र बटुलेको नेदरल्याण्ड्सका लागि अघिल्लो चरणको यात्रा सहज बनाउन आजको खेलमा जित निकै आवश्यक देखिएको छ ।
खेलको सुरुवाती समयमै डच स्ट्राइकर ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सले खेलमा बलियो पकड बनाउन सफल भयो । ब्रोबीले खेल सुरु भएको ५ औँ मिनेटमै कोडी गाक्पोको उत्कृष्ट पासलाई सदुपयोग गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । नेदरल्याण्ड्सको आक्रमण यतिमा मात्र सीमित रहेन, खेलको १७ औँ मिनेटमा डेन्जेल डम्फ्रीजको पासमा ब्रोबीले नै व्यक्तिगत दोस्रो गोल थपेपछि टोलीले २० मिनेट नबित्दै दोब्बर अग्रता कायम गर्यो । ब्रोबीको यो सानदार प्रदर्शनले ह्युस्टनमा उपस्थित दर्शकहरूलाई उत्साहित बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण