दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
सारांश
- अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिल्म 'रातो घेरा' मा पुनः जोडीका रूपमा देखिने भएका छन् ।
- सुपरहिट चलचित्र 'जारी' मार्फत दर्शकको मन जित्न सफल यो चर्चित जोडी नयाँ चलचित्र 'रातो घेरा' मा एकसाथ देखिन लागेका हुन् ।
- अनिल बुढा मगरले निर्देशन गर्ने यो चलचित्रको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुनेछ ।
काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिल्म 'रातो घेरा'मा पुनः जोडीका रूपमा देखिने भएका छन् ।
सुपरहिट चलचित्र 'जारी' मार्फत दर्शकको मन जित्न सफल यो चर्चित जोडी नयाँ चलचित्र 'रातो घेरा'मा एकसाथ देखिन लागेका हुन् ।
निर्माण संस्था विश्राम फिल्मस् प्रालिले चलचित्र निर्माणको औपचारिक घोषणा गरेको हो । यस चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गर्नेछन् । निर्माण टिमका अनुसार चलचित्रको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुनेछ, जसले दर्शकलाई मनोरञ्जनका साथै गहिरो सन्देश पनि दिने अपेक्षा गरिएको छ ।
दयाहाङ र मिरुनाको जोडी पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा बढी रुचाइएको र चर्चित अन स्क्रिन जोडीमध्ये एकका रूपमा स्थापित भइसकेको छ ।
निर्माण पक्षका अनुसार चलचित्रलाई भव्य, कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा उच्चस्तरको बनाउन विशेष ध्यान दिइएको छ । अनुभवी कलाकार तथा प्राविधिक टिमको सहभागिताले चलचित्रलाई थप प्रभावशाली बनाउने विश्वास गरिएको छ ।
चलचित्रमा रहने अन्य कलाकार र प्राविधिक टोलीको विवरण क्रमशः सार्वजनिक गरिने जानकारी दिइएको छ । चलचित्रको वितरण जिम्मा काफिया फिल्मस् प्रालिका गोविन्द शाहीले लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण