मिस लिटील नेवाः को १४ औँ संस्करण : प्रतियोगीले देखाए ट्यालेन्ट
काठमाडौँ । नेप्लिज फेसन होमले नेवार बालिकाको प्रतिभा प्रष्फुटनका लागि हरेक वर्ष आयोजना गर्दै आएको ‘मिस लिटील नेवाः’ को १४ औँ संस्करणका प्रतियोगीले आपसमा रहेको ट्यालेन्ट देखाएका छन् । शनिवार अबेर साँझ नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित ट्यालेन्ट शोमा मिस लिटिल नेवाः प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट देखाएका हुन् ।
प्रतियोगितामा अविषा महर्जन, रोनिशा खड्गी, ईच्छा महर्जन, मुखु महर्जन नृत्य, नुजलासिंं महर्जन, सफिना श्रेष्ठ, सुज्योजी डंगोल, वेदान्शी डंगोल, अनिका महर्जन, सुहिना श्रेष्ठ र लुमना महर्जनले नृत्य, लुन्जला महर्जन, विमीशा डंगोल र रुही महर्जनले कुमारी नृत्य, विपश्वी मानन्धरले जिम्न्यास्टिक, निलीशा जोशी, प्राज्ना महर्जन र निभा कायस्थले चित्रकला तथा ग्रीष्मा राजचलले गायन कला प्रस्तुत गरेका थिए ।
_3mL180MMZk.jpg)
लिटिल नेवाः आर्या श्रेष्ठ, समाजसेवी सुरबहादुर श्रेष्ठ, किड् क्विन अपेक्षा शेरचन र समाजसेवी अनु शेरचनको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेण्ट शोमा विश्व क्योकुशिन सेईसिन काई कराँते महासंघका उपाध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोककुमार श्रेष्ठ, पत्रकार तथा साहित्यकार सृजना दुवाल, महिला उद्योमी तथा समाजसेवी रेश्मा श्रेष्ठ, मिस नेवाः २०२२ शलिना महर्जन, फेसन डिजाईनर तथा नायिका शोभा महर्जन र पूर्व मिस नेवाः रेजिशा डंगोल निर्णायक रहेका थिए ।
१४ वर्ष मुनिका १९ जना नेवार बालिकाले अन्तिम स्पर्धा गर्ने १४ औं संस्करणको मिस लिटिल नेवाः २०२२ मिस नेवाः नेपाल २०२१ कृषा महर्जनको संयोजन र प्रदिका महर्जनको उपसंयोजन तथा मिस नेवाः नेपाल २०२२ विजेता सलिना महर्जन र उप बिजेता प्रिया तण्डुकारको कोरियोग्राफीमा रहने आयोजक नेप्लिज फेशन होमकी अध्यक्ष तथा समाजसेवी हेमा मानन्धरले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण