शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली आवश्यक’

आइतबार, २१ फागुन २०७९, १२ : ५३
आइतबार, २१ फागुन २०७९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअफ प्रणाली लागु गर्नुपर्ने बताएका छन् ।  ब्याजदर अस्थिर हु“दा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताएका हुन् । 

 उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रीयामा शुरुवाती चरणमै निश्चित व्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाइ छ । 
दोलखा चेम्बरको आयोजनामा भएको महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा भएको उच्च ब्याजदरका कारण व्यवसायिक गतिविधी ठप्प प्राय भएको बताए । उनले भने, ‘ब्याजदर १५÷१६ प्रतिशत सम्म कायम छ । ऋण लिएर व्यवसाय गर्ने वातावरण छैन, उद्योगी व्यवासायीहरु पलायन हुने अवस्था सिर्जना भएको छ, ।’

बैंक वित्तीय संस्थाले आधार दरमा लिने प्रिमियम उच्च हु“दा पनि ऋणीहरु मर्कामा परेको अध्यक्ष मल्लले बताए । उनले भने,‘आर्थिक विकास र समृद्धिका लागि वित्तीय स्थायीत्व र लगानीको वातावरण सिर्जना गर्न आवश्यक छ,।’ 
उद्योग तथा साना व्यवसायमा सामुहिक लगानी माफर्त नया“ रोजगारी सिर्जना गर्नका लागि निजी क्ष्ँेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेकोमा अध्यक्ष मल्लले जोड दिए । कृषि, पर्यटन, एवं साना उद्योगको विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

अर्को प्रसंगमा अध्यक्ष मल्लले दोलखा कृषि उत्पादनका दृष्टिकोणले अग्रणी भएपनि अपेक्षित लाभ प्राप्त हुन नसकेको बताउनुभयो । दोलखामा सामुहिक खेती प्रणाली मार्फत उत्पादन वृद्धि गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप