आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

सुदूरपश्चिम प्रदेशसभा : प्रतिपक्षमा बस्ने एमालेको घोषणा

आइतबार, २१ फागुन २०७९, १४ : ३९
आइतबार, २१ फागुन २०७९

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेले प्रतिपक्षमा बस्ने घोषणा गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सभामा राखेको विश्वासको मतको प्रस्तावपछि एमाले प्रतिपक्षमा बस्ने घोषणा गरेको हो ।

एमालेका प्रदेशसभा सदस्य चक्र मल्लले प्रदेश सभाको बैठकको छलफललाई सम्बोधन गर्दै प्रतिपक्षमा बस्ने निर्णय भएको बताएका हुन् ।

प्रदेश सभामा एमालेका १० जना सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप