अमिताभ बच्चन हैदराबादमा फिल्मको सुटिङको क्रममा घाइते
अमिताभ बच्चन हैदराबादमा सुटिङको क्रममा घाइते भएका छन् । उनले आफ्नो ब्लगमा यसबारे जानकारी दिएका हुन् । अमिताभ हाल मुम्बईमा आफ्नो घरमा आराम गरिरहेका छन् । अमिताभ बच्चन प्रभासको फिल्म ‘प्रोजेक्ट ए’ को सुटिङ गरिरहेका थिए । एक एक्सन सिनका बेला उनको करङमा चोट लागेको छ । हैदराबादमा चेकअपपछि अमिताभलाई मुम्बई पठाइएको छ ।
अमिताभ बच्चनले आफ्नो ब्लगमा लेखे, ‘रिब केजमा मांसपेशी फुटेको छ । सुटिङ रद्द गरिएको छ । पट्टी बाँधिएको छ र उपचार चलिरहेको छ । असाध्यै दुखिरहेको छ । हिँड्न–डुल्न समस्या भइरहेको छ । सास फेर्न पनि समस्या भइरहेको छ । यो पीडाका लागि मलाई केही औषधी दिइएको छ । निको हुन अझै केही समय लाग्नेछ ।’
अमिताभले लेखे, ‘जालसामा प्रशंसकलाई भेट्न पाउँदिन’
अमिताभ बच्चनले लेखे, ‘म निको नभएसम्म मेरो सबै कामकाज बन्द गरिएको छ । म जालसामा आराम गरिरहेको छु । आवश्यक चिजका लागि थोरै हिँड्नेछु । हो, आराम त चलिरहन्छ । मलाई यो भन्न समस्या भइरहेको छ कि म जालसाको आफ्नो गेटमा आफ्ना प्रशंसकलाई भेट्न सक्छु वा सक्दिनँ । तपाईँहरूले जालसा आउने योजना बनाइरहेका मानिसहरूलाई पनि यसबारे जानकारी दिनुहोस् । यसबाहेक सबै कुरा ठिक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण