इराकमा बम विस्फोटको घटनामा ५ जनाको मृत्यु
इराक । इराकमा सोमबार राति भएका बम विस्फोटमा परेर पाँच जनाको ज्यान गएको र अरु केही घाइते भएका बताइएको छ । इराकको पूर्वी प्रान्त दियालामा सो बम विस्फोट भएको यहाँको सुरक्षा स्रोतले जानकारी दिएको छ । सो विस्फोटमा परेर पाँच जनाको ज्यान गएको र अरु चार जना घाइते भएका छन् ।
दियाला प्रान्तीय प्रहरीका मेजर अला अल– साउदीले दिएको जानकारीअनुसार दियालाको माक्दियान नगरको एक सडकमा बम राखिएको थियो । सडक किनारामा कुनै अज्ञात समूहले बम राखेको र सो बम विस्फोट हुँदा गुडिरहेको कारमा रहेका पाँच जना सर्वसाधारणको ज्यान गएको हो ।
सो सडक भएर हिँडीरहेका बटुवा चार जना घाइते भएका पनि उनले जानकारी दिए । यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।
इराकी प्रहरीले यस विषयमा अनुसन्धान थालेको जनाएको छ । पछिल्लो समयमा इराकमा इस्लामिक स्टेट्स समूह यस्ता आतङ्ककारी आक्रमणहरुमा संलग्न रही आएकाले प्रहरीले सोही समूहले यो बम विस्फोट गराएको अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण