मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
कलाकार

‘छक्का पन्जा ४’ बेनिशाको करिअरका लागि टर्निङ प्वाइन्ट !

बुधबार, २४ फागुन २०७९, १४ : १८
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । नेपाली बक्स अफिसमा यतिबेला फिल्म ‘छक्का पन्जा ४’ले तहल्का पिटिरहेको छ । रिलिजको दिनदेखि नै आक्रामक व्यवसाय गर्दै अगाडि बढेको फिल्मले आजको दिनसम्म पनि राम्रो दर्शक पाइरहेको छ । 

गत शुक्रबार रिलिज भएको यो फिल्मले १० करोड माथि व्यवसाय गर्ने अनुमान गर्न थलिएको छ ।

फिल्मको व्यवसाय दिन प्रतिदिन राम्रो हुँदै गएको अवस्था एकातिर छ भने अर्कोतिर फिल्मका कलाकारले अभिनयबाट समेत तारिफ बटुलिरहेका छन् । ती मध्यकी एक हुन् अभिनेत्री  बेनिशा हमाल । 

हमालले फिल्ममा एउटा शक्तिशाली युट्युबरको भूमिका निर्वाह गरेकी छन् । उनका कारण ठूल्ठूला विषयका भण्डाफोर र एउटा राजनीतिज्ञ समेत परिवर्तन हुन्छन् ।

फिल्ममा बेनिशाको भूमिका सशक्त मात्र छैन, उक्त भूमिकामा उनी खरो पनि उत्रिएकी छन् । उनले फिल्ममा निर्वाह गरेको युट्युब पत्रकारको भूमिका हेर्दा लाग्छ, उनी पहिले देखि नै यो पेसामा छिन् वा उनीबाट यो भूमिकाको लागि निकै धेरै रिसर्च भएको छ । 

रियल वा रिल जीवनमा आफू पत्रकारको रुपमा ‘छक्का पन्जा ४’ अगाडि कहिल्यै नदेखिएको बेनिशा बताउँछिन् । ‘मेरो पत्रकारको भूमिकाबाट मेल भन्दा फिमेल धेरै खुसी छन् । किनभने उनीहरूको प्रतिक्रिया पनि धेरै आइरहेको छ,’ हमालले भनिन्, ‘विना रिसर्च यतिको सफलता धेरै खुसीको कुरो हो ।’

290310193_394575072642531_4196696640866913627_n

युट्युबर वेनिशा 

नयाँ फिल्मको अफरमा हरेक कलाकार पहिले भन्दा आफ्नो फरक भूमिका होस् भन्ने सोच्छन् । ‘छक्का पन्जा ४’ फिल्मको अफर आउँदा बेनिशाले पनि त्यही हेरेकी थिइन् । फिल्म युनिटले पत्रकारको भूमिकाको लागि उनलाई अफर गर्दा उनी एकदमै एक्साइटेट भइन् । नयाँ चरित्र, त्यो पनि पत्रकारको भूमिका । जुन उनले यस अगाडि कहिल्यै गरेकी थिइनन् । त्यसैले, ओके भनिन् ।

‘नयाँ भूमिका पाउँदा एकदमै खुसी थिएँ, डर त नयाँ फिल्म गर्दै गर्दा हरेक पटक हुन्छ । त्यसमा झन् पत्रकारको भूमिका’, उनले भनिन् ‘छक्का पन्जा ४’ फिल्ममा पाउने स्पेसको कुरो पनि थियो । पत्रकारको भूमिका मात्र हो, कि आवाज पनि बुलन्द छ । मनमा धेरै प्रश्नहरू थिए ।’ आफूले पत्रकार पनि धेरै प्रकारका चिनेकोले अभिनयमा कसरी फरक देखिने भन्ने चुनौती देखेको उनले सुनाइन् ।

‘पत्रकारको भूमिका निर्वाह गर्दै गर्दा कसरी गर्ने भन्ने विषयमा धेरै प्रश्न थियो’ उनले भनिन्, ‘क्यारेक्टरमा यस्तो पत्रकार भनेर क्लियर थियो । यसैले रिसर्च, कसैको नक्कल गर्नु परेन ।’ 

‘एउटा इथिक्स भएको पत्रकारको भूमिका भएको भए, मैले रिसर्च गर्नुपथ्र्यो । त्यसको आफ्नै सिमा हुन्थ्यो । युट्यबर पत्रकार भएकोले जे पनि गर्न सक्छ भन्ने थियो । म पनि त्यस्तै भूमिकामा छु’ उनले थपिन्, ‘युट्युवर कसरी बोल्छ, रिसर्च कसरी गर्छ । क्यामरा फे्रन्ड्ली छ कि छैन । त्यसका लागि भने केही रिसर्च गर्नुपर्‍यो ।’

269962519_288437369922969_6769606372433293882_n

पत्रकारिताको ‘पावर’ बुझेँ 

बेनिशाले कलाकारिताको दौरानमा धेरै प्रकारका पत्रकारको सामना गर्नु परेको छ । पहिले उनलाई लाग्थ्यो, पत्रकारिता भनेको सत्यतथ्य समाचार सम्प्रेषण गर्ने मात्र हो । केही हदसम्म शक्तिशाली छ भन्ने सामान्य बुझाइ थियो । फिल्म अभिनय सिलसिलामा भने उनले पत्रकारिता राम्ररी बुझिन् ।

पत्रकारिताको शक्ति कति छ भन्ने फिल्मबाट राम्ररी बुझेको उनको बुझाइ छ । ‘पत्रकारले चाह्यो भने सत्य बङ्ग्याउन पनि सक्दो रहेछ,’ उनले भनिन्, ‘मानिसलाई छिट्टै शिखरमा पुर्‍याउन र क्षणभरमा तल झार्न पनि सक्दो रहेछ ।’ पत्रकारिताको महत्त्व र शक्ति फिल्मबाटै बुझ्न पाएको उनको जिकिर छ ।

‘मानिस जहिले पनि धेरैसँग जोडिन चाहन्छ । पत्रकारिता त्यो फिल्ड पनि रहेछ । यो रमाइलो त छ नै, जोखिम पनि प्रशस्तै रहेछ’ उनी अगाडि थप्छिन् ‘पत्रकारिताको शक्ति सन्तुलन गर्न सकिएन भने जोखिम धेरै निम्तिँदो रहेछ ।’

राजनीति बुझाउँछ 

हरेक कलाकारको कामबाट चिनिने चाहना हुन्छ । कामको तारिफसँगै व्यावसायिक सफलताले नयाँ काम दिलाउन महत्त्वपूर्ण भूमिका खेल्छ । 

धेरै फिल्मबाट राम्रो चर्चा पाएकी बेनिशाले व्यावसायिक सफलता भने पाउन नसकिरहेको अवस्था थियो । जसको कारण उनको करिअर सोचेजस्तो सुखद तरिकाबाट अगाडि बढ्न सकिरहेको थिएन । ‘छक्का पन्जा ४’ आफ्नो करिअरका लागि टर्निङ प्वाइन्ट बन्नेमा उनी ढुक्क छिन् । 

अहिले जसरी ‘छक्का पन्जा ४’ ले व्यवसाय गरिरहेको छ, त्यसरी नै अभिनयको तारिफ भइरहेको छ । त्यसले अहिलेसम्म लागेको फ्लपको ट्याग मेटाउने उनी बताउँछिन् ।

उनले खुसी हुँदै भनिन्, ‘कलाकारले जति नै राम्रो काम गरे पनि दर्शक भएन भने मिहिनेत खेर गयो । ‘छक्का पन्जा ४’ को मिहिनेत खेर गएन ।’ फिल्मको सफलताले कलाकारको ओज बढ्ने र नयाँ कामका लागि ऊर्जा मिल्ने उनको बुझाइ छ ।

‘छक्का पन्जा ४’ राजनीतिक विषयमा बनेको कमेडी फिल्म हो । कतिपयले फिल्म राजनीति बुझ्न हेर्नुपर्ने बताउँदा, कतिपयले कमेडी र मनोरञ्जनका लागि ठिक छ समेत भनेका छन् । 

बेनिशा भने वर्षाैँदेखि राजनीति नबुझ्नेका लागि फिल्मले दुई घण्टामा सजिलै बुझाउने बताउँछिन् । ‘मैले दुई वर्षदेखि राजनीति नबुझेको तपाईंको फिल्मले दुई घण्टामा बुझायो,’ उनले आफूलाई आएको दर्शकको प्रतिक्रिया सुनाइन् । दर्शकले सहज रूपमा पत्याउने राजनीतिक कथा फिल्मले बोकेको उनको भनाई छ । 

333135646_165323379613404_1848457746190024818_n

विवाह कहिले ?

विवाह कहिले गर्ने ? अविवाहित अभिनेत्रीले सधैँ सामना गर्नुपर्ने प्रश्न हो यो । उनले पनि मिडियाबाट यो प्रश्नको सामना जहिल्यै गर्नुपर्छ । फिल्म ‘छक्का पन्जा ४’ को प्रमोशनको क्रममा पनि उनलाई यो प्रश्नले पिछा छोडेन । जवाफ त उनले  कतिपटक रेडिमेड दिएकी छन्, ‘विवाह हाम्रो हातमा हुँदैन । उचित समय आएपछि त्यो हुन्छ ।’ विवाह तत्काल आफ्नो प्राथमिकतामा नरहेको उनले सुनाइन् ।

‘अहिले मेरो फिल्म ‘छक्का पन्जा ४’ चलिरहेको छ । अहिलेको प्राथमिकता त्यो फिल्मको प्रचारप्रसार हो । त्यसपछि विवाहको विषयमा सोचौँला हुन्न ?’ बेनिशाले उन्मुक्त हाँसो फिजाउँदै भनिन् ।

उनले अहिलेसम्म रिल लाइफमा प्रेमका धेरै अनुभव लिएकी छन् । त्यो अनुभवका हिसाबले पनि उनी रियल जीवनमा प्रेममा हुनुपर्ने हो । तर उनी आफ्नो अहिलेसम्म प्रेमी नभएको बताउँछिन् । कतिपयले उनी प्रेममा रहेको तर बाहिर सार्वजनिक नभएको समेत बताएका छन् । 

उनी भने मानिसहरूलाई यस विषयमा गेस गर्न सुझाउँछिन् । केकी अधिकारी, वर्षा शिवाकोटी लगायत उनका समकक्षी धेरैले लगनगाँठो कसिसकेका छन् । त्यो कारणले पनि उनलाई विवाहको प्रेसर फ्यान, परिवार, आफन्त र साथीभाइहरूबाट हुने गरेको छ ।

‘विवाह जीवनमा लिने एक महत्त्वपूर्ण निर्णय हो । जसबाट जीवन भरसँगै हिँड्ने पार्टनर छान्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘सँगैका साथीहरूको विवाह भयो, परिवारको प्रेसर छ भन्दा पनि आफ्नो खुसी हेर्छु ।’ अहिलेसम्म राइट पार्टनर नभेटेको बताउने उनले भेटेपछि विवाहको खुसी सबैमाझ बाँड्ने सुनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप