जब क्रिकेट मैदानमा पुगे मोदी र अल्बानीज
अहमदाबाद । भारत र अस्ट्रेलियाबीच अहमदाबादमा जारी बोर्डर–गावस्कर ट्रफीको चौथो तथा अन्तिम टेस्टको सुरुवात रोचक बनेको छ । खेलमा दुवै देशका प्रधानमन्त्रीको उपस्थिति थियो ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजको नेतृत्वमा प्रधानमन्त्री नरेन्द्र मोदी दुवै सँगै मैदानमा पुगेका हुन् । दुवैले मैदानमा आ–आफ्नो देशका खेलाडीसँग भेट गरेका थिए । मोदीले रोहित शर्मालाई टोपी लगाइदिएका थिए भने अल्बानीजले स्टिभ स्मिथलाई । यस क्रममा मोदीले आफ्ना कप्तानसँग कुरा गरिरहेका अल्बानीजलाई ताने र फोटो खिच्न आग्रह गरे । त्यसपछि नरेन्द्र मोदी स्टेडियममा दुई कप्तान र दुई प्रधानमन्त्रीको फोटो क्लिक गरियो।

त्यसपछि मोदी र अल्बानीज दुवै टोलीको राष्ट्रिय गानका लागि उभिएका थिए । कप्तान रोहित शर्माले सबै खेलाडीहरुको परिचय गराए । प्रधानमन्त्रीले भारतीय टोलीका सबै खेलाडीसँग हात मिलाए । त्यसपछि राष्ट्रिय गानमा पनि टोलीसँगै उभिए । उनी पछि प्रधानमन्त्री अल्बानीजसँग स्ट्यान्डमा फर्किए।
प्रधानमन्त्री मोदी बिहान ८ः३० बजे स्टेडियम पुगेका थिए । पहिलो आधा घण्टा खेल हेरेपछि उनी राजभवनतर्फ प्रस्थान गरेका थिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण