शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत्को तार काट्ने एकजना पक्राउ

बिहीबार, २५ फागुन २०७९, १३ : ४६
बिहीबार, २५ फागुन २०७९

रौतहट । रौतहटको देवाह गोनाही नगरक्षेत्र अन्तर्गत विद्युत्को तार काटिरहेको अवस्थामा प्रहरीले एकजना लाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक ट्रान्सफर्मर चोरी गर्ने गिरोहमा संलग्न रहेको आशङ्का गरिएको छ। 

पक्राउ पर्नेमा २० वर्षीय कटहरीया ३ का २० वर्षीय राजकिशोर जैसवाल रहेको इलाका प्रहरी कार्यालय देवाह गोनाहीका प्रमुख इन्स्पेक्टर गोविन्द साहले जानकारी दिए । आज बिहान ५ बजे मोटरसाइकल एक ठाउँमा राखेर गोनाही गाउँ छेउ पटेल चौकमा पोल माथि चढेर विद्युत्को तार काटिरहेको अवस्थामा जैसवाललाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका आरोपी जैसवाल नियन्त्रणमा रहेको तथा घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप