विद्युत्को तार काट्ने एकजना पक्राउ
बिहीबार, २५ फागुन २०७९, १३ : ४६
रौतहट । रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गत विद्युत्को तार काटिरहेको अवस्थामा प्रहरीले एकजना लाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक ट्रान्सफर्मर चोरी गर्ने गिरोहमा संलग्न रहेको आशङ्का गरिएको छ।
पक्राउ पर्नेमा २० वर्षीय कटहरीया ३ का २० वर्षीय राजकिशोर जैसवाल रहेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख इन्स्पेक्टर गोविन्द साहले जानकारी दिए । आज बिहान ५ बजे मोटरसाइकल एक ठाउँमा राखेर गोनाही गाउँ छेउ पटेल चौकमा पोल माथि चढेर विद्युत्को तार काटिरहेको अवस्थामा जैसवाललाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका आरोपी जैसवाल नियन्त्रणमा रहेको तथा घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण