नेपाल क्लियरिङ हाउसमा जोडियो सहकारी, एनसीएचएल र नेफ्स्कूनबीच सम्झौता
काठमाडौँ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटाईज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यको लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सम्झौता भएको छ । काठमाडौंको सोल्टी होटलमा जारी सिईओ वर्कशपमा दुई पक्ष बीच सम्झौता भएको हो ।
सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै नेफ्स्कूनले निमार्ण गरेको मीरा ईआरपी सफ्टवेयर प्रयोग गर्ने संस्थाका सदस्यहरुले बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर, बैंक तथा वित्तीय संस्थाबाट सहकारीमा रकम ट्रान्सफर, बिमाको प्रमियम भुक्तानी, विभिन्न सरकारी भुक्तानी, फोन रिचार्ज, खानेपानी, बिजुली लगायतको युटिलिटी भुक्तानी गर्न सकिनेछ ।
एनसीएचएलका सिईओ प्रधानले नेफ्स्कूनमार्फत सहकारी क्षेत्रमा प्रवेश गर्न पाउँदा खुशी लागेको बताए । प्रत्येक संस्थासँग एनसीएचएल जोडिन नसकिने र नेफ्स्कूनसँग जोडिएपछि समग्र बचत तथा ऋण सहकारी संस्थाले सेवा लिन सकिने बताए । सम्झौताले बचत तथा ऋण सहकारी संस्थाहरुको डिजिटाईजमा कोशेढुंगा सावित हुने नेफ्स्कूनका सिईओ पोखरेलले बताए ।
सिईओ वर्कशपमा प्रधानले ‘वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौती’ विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै प्रधानले सहकारी संस्थाहरुले पुराना प्रविधिहरु नपछ्याएर नयाँ प्रोडक्ट दिन सक्नुपर्ने बताए । अनलाईनबाटै कर्जा प्रवाह गर्ने प्रविधि समेत सहकारीले प्रयोग गर्नुपर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण