शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

उमेरका कारण रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार हुन नसक्ने

शुक्रबार, २६ फागुन २०७९, २२ : ००
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएकी छिन् । 

शुक्रबार बिहान नागरिक उन्मुक्ति पार्टीले पार्टीकी अध्यक्ष एवं संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

तर कानुनी व्यवस्थाका कारण उपराष्ट्रपति बन्न उनको उमेर बाधक बनेको छ । राष्टपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ मा राष्ट्रपति तथा उपराष्ट्रपति बन्नका लागि ४५ वर्ष उमेर पूरा गरेको हुनुपर्ने प्रावधान छ । आयोगमा उनले पेश गरेको विवरणमा भने उनको उमेर ३९ वर्षमात्र भएकोले उनी उम्मेदवार बन्न नसक्ने भएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप