सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जब मुम्बईकाे बंगलामा भेटियो नायिकाको शव... बलिउड हिरोइनको चियामा कसले मिसाएकाे थियाे ‘विष’ ?

शुक्रबार, २६ फागुन २०७९, १३ : २५
शुक्रबार, २६ फागुन २०७९

कुनै समयकी चर्चित नायिका प्रिया राजवंशलाई उनकै बङ्गलामा हत्या गरिएको थियो । उनको शव  सन् २००० जुहुस्थित निजी निवासमा रहस्यमयी परिस्थितिमा भेटिएको थियो । 

आफ्नो अभिनय र सुन्दरताले मानिसको मनमा स्थान बनाउन सफल प्रियालाई चियामा निद्राको चक्की हालेर खुवाइयो । निद्राको चक्की खाएर सुतेपछि उनको घाँटी थिचिएको थियो । २७ मार्च २००० को बिहान जब प्रियाका परिवारले उनको शव देखे, उनीहरू स्तब्ध भए । बलिउडमा प्रियाको हत्याको खबर आगो सरी फैलियो । प्रियालाई घरभित्रै हत्या गर्ने आखिर को थिए त ?

प्रिया राजवंश शिमलामा बस्थिन्  र धनाढ्य परिवारकी थिइन् । शिमलाको कन्वेन्ट स्कुलमा उनको पढाई भयो । स्कुल पढ्दा नै उनलाई अभिनयमा रुचि थियो । उनी धेरैजसो स्कुलको कार्यक्रममा भाग लिने गर्थिन् । थिएटर र स्टेज शोमा पनि उनको रुचि थियो । प्रियाका बुवालाई युएनको तर्फबाट केही समयका लागि लन्डन पठाइएको थियो । प्रिया पनि आफ्नो बुवासँग लन्डन गएकी थिइन् । त्यहाँ पनि उनले अभिनय गरिन् र थुप्रै कार्यक्रममा भाग लिइन् ।

चेतन आनन्दको फिल्ममा काम मिल्यो

यसैबीच उनलाई बलिउडबाट फिल्मको अफर आएको थियो । वास्तवमा प्रसिद्ध निर्देशक चेतन आनन्दले प्रिया राजवंशको अभिनय गरेको केही तस्बिरहरू देखेका थिए र उनलाई उनको तस्बिरहरू धेरै मन परेका थिए । त्यति बेला चेतन आनन्द फिल्म हकिकतका लागि नायिकाको खोजीमा थिए । प्रियालाई बलिउडबाट फिल्मको अफर आएपछि उनी मुम्बई आइन् र फिल्ममा काम गर्न तयार भइन् । प्रियालाई सुरुदेखि नै अभिनयको शौक थियो र चेतन आनन्दसँग काम गर्नुभन्दा राम्रो सुरुवात अरू केही हुन सक्दैनथ्यो ।

priya1प्रिया चेतनसँग बस्न थालिन्

सुटिङका क्रममा प्रिया निर्देशक चेतन आनन्दसँग निकै नजिक भइन् । चेतनका धेरै फिल्ममा उनी नायिका भइन् । उनको फिल्म हीर–राँझा निकै हिट भयो । यसबाहेक ‘हसंते जख्म’ मा पनि प्रियाको कामको निकै प्रशंसा भएको थियो । चेतन आनन्द प्रियाभन्दा करिब १५ वर्ष जेठा थिए । जब उनले प्रियालाई भेटे, उनी पहिले नै विवाहित थिए र दुई सन्तानका पिता थिए । चेतनको आफ्नी श्रीमती उमासँग खासै राम्रो सम्बन्ध थिएन त्यस कारण निकै थोरै समयभित्रै  प्रिया र चेतन मुम्बईमा सँगै बस्न थाले ।

सन् १९९७ मा भयो चेतन आनन्दको निधन 

धेरै वर्षसम्म उनीहरूको प्रेम सम्बन्ध यसरी नै चलिरह्यो । प्रियाले चेतन आनन्दको फिल्ममा मात्र काम गरिन् । उनी चेतनसँग श्रीमतीको रूपमा बसिन् र उनको पूर्ण हेरचाह गरिन् । बिस्तारै सबैले यो सम्बन्धलाई स्वीकार गरे, चेतन आनन्दका सन्तानसँग पनि प्रियाले राम्राे सम्बन्ध स्थापित गर्न खाेजिन् । चेतन आनन्द अन्तिम क्षणसम्म प्रियासँग बसे । सन् १९९७ मा उनको मृत्यु भयो र त्यसपछि प्रिया चेतनको जुहू बङ्गलामा सरिन् ।

नायिकाको तीन वर्षपछि हत्या भयो

चेतनको मृत्यु भएको तीन वर्षपछि प्रियाको हत्याको खबर आएपछि सबै स्तब्ध भएका थिए । आखिर उनको दुस्मन को हुन सक्छ भनेर प्रहरीले अनुसन्धान थालेपछि घरको नोकरले प्रियाको चियामा निद्रा लाग्ने चक्की मिसाएको थाहा भयो, तर प्रश्न थियो ‘किन’ ? प्रहरीले नोकरलाई हिरासतमा लिएर सोधपुछ गर्न थालेपछि यो हत्या रहस्यको वास्तविकता बाहिर आयो ।

को थियो प्रियाको हत्यारा ?

प्रियाको हत्या उनकै छोराहरूको निर्देशनमा गरिएको थियो । उनका सौतेनी छोराहरूले नोकरहरूलाई आमाको हत्या गर्न निर्देशन दिएका थिए । केतन आनन्द र विवेक आनन्द चेतन आनन्दले आफ्नो सम्पत्तिको एक हिस्सा प्रियालाई दिएकोमा रिसाएका  थिए । यस्तै उनी बस्ने बंगलाको मूल्य पनि दिन प्रतिदिन वृद्धि भइरहेको थियो । यसमा उनीहरुको नजर थियो ।  उनीहरू याे सम्पत्ति पनि  पाउन चाहन्थे । प्रियालाई यसबारे शंका नलागेको पनि होइन । उनले आफ्नो ज्यानको खतरा भएको भन्दै चेतन आनन्दका भाइ विजय आनन्दलाई पत्रसमेत लेखेकी थिइन् । यहि पत्र अदालतमा प्रमाणस्वरुप पेश गरिएको थियो ।   केतन आनन्द, विवेक आनन्द र उनका दुई नोकर माला चौधरी र अशोक चिन्नास्वामीलाई अभिनेत्रीको हत्यामा आजीवन कारावासको सजाय सुनाइएको थियो । तर पछि अदालतले उनीहरुलाइ जमानत  दियाे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप