बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
उपराष्ट्रपति निर्वाचन

जनमत पार्टीद्वारा उपराष्ट्रपतिमा दाबी, पार्टीबाट ममताको नाम अनुमोदन

शुक्रबार, २६ फागुन २०७९, १५ : ३०
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । जनमत पार्टीले उपराष्ट्रपतिमा आफ्नो दाबी गरेको छ । सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सारेको हो । 

सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन् भने केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी थिइन् । पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको उपाध्यक्ष दिलीप साहले जानकारी दिए । 

यसअघि उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको  थियो । यस्तै जसपाले पनि उम्मेदवारको रूपमा नेता रामसहाय प्रसाद यादवलाई अघि सारेको छ । गठबन्धनमा छलफलको आधारमा छिट्टै साझा उम्मेदवार तय गरिने बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप