उपराष्ट्रपति निर्वाचन
जनमत पार्टीद्वारा उपराष्ट्रपतिमा दाबी, पार्टीबाट ममताको नाम अनुमोदन
शुक्रबार, २६ फागुन २०७९, १५ : ३०
काठमाडौँ । जनमत पार्टीले उपराष्ट्रपतिमा आफ्नो दाबी गरेको छ । सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सारेको हो ।
सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन् भने केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी थिइन् । पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको उपाध्यक्ष दिलीप साहले जानकारी दिए ।
यसअघि उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको थियो । यस्तै जसपाले पनि उम्मेदवारको रूपमा नेता रामसहाय प्रसाद यादवलाई अघि सारेको छ । गठबन्धनमा छलफलको आधारमा छिट्टै साझा उम्मेदवार तय गरिने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण