शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडामा रोजगारी सिर्जनामा सुस्तता

शुक्रबार, २६ फागुन २०७९, २१ : ३३
शुक्रबार, २६ फागुन २०७९

ओटावा । क्यानडाले फेब्रुअरीमा २२ हजार नयाँ रोजगारीका अवसर सिर्जना गरेको जनाएको छ भने बेरोजगारी दर पाँच प्रतिशतको न्यून रेकर्डबाट बढ्न नदिन सफल भएको राष्ट्रिय तथ्याङ्क एजेन्सीले शुक्रबार भनेको छ।

डिसेम्बर र जनवरीमा दुई ठूलो आकारको आर्थिक वृद्धिपछि रोजगारीमा सामान्य वृद्धि व्यापक रूपमा अपेक्षित थियो, र पछिल्लो छ महिनामा अर्थात् फेब्रुअरीमा सम्ममा समग्र १.८ प्रतिशत (करिब तीन लाख ४८ हजार रोजगारी) का अवसर सिर्जना गरेको छ ।  

यसैबीच, बेरोजगारी दर गत जुन र जुलाईमा देखिएको ४.९ प्रतिशतको उच्च रेकर्डभन्दा डिसेम्बरमा झरेको छ ।

क्यानाडेली तथ्याङ्क कार्यालयका अनुसार फेब्रुअरीमा स्वास्थ्य सेवा र सामाजिक सहायता १५ हजार, सार्वजनिक प्रशासन १० हजार र उपभोग्य सेवामा सात हजार ५०० रोजगारी बढेको छ । 

यो अवधिमा मानिसहरूले व्यवसाय, भवन र अन्य समर्थन सेवा क्षेत्रहरूमा नयाँ रोजगारीका न्यून अवसर पाएका छन् । 

विशेष गरी, ५५ देखि ६४ वर्ष उमेर समूहका क्यानाडेलीको रोजगारीमा ठूलो वृद्धि देखिएको छ । यो उमेर समूहका १० मध्ये छ जनाभन्दा बढी महिलाले यो महिनामा रोजगारी पाएका छन् ।-(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप