एक वर्षमा चार खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, डिजेलमा सबैभन्दा धेरै रकम बाहिरियो
सारांश
- गत आर्थिक वर्ष २०८२/८३ मा करिब ४ खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
- आयात हुने इन्धनमध्ये परिमाण र मूल्य दुवैका आधारमा डिजेल सबैभन्दा बढी आयात भएको छ ।
- पेट्रोलियम पदार्थबाहेक कोइलाको आयात पनि उल्लेख्य देखिएको छ ।
काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा करिब ४ खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त परिमाणमा पेट्रोलियम पदार्थ आयात भएको पाइएको छ ।
तथ्यांकअनुसार नेपालमा आयात हुने इन्धनमध्ये परिमाण र मूल्य दुवैका आधारमा डिजेल सबैभन्दा बढी आयात भएको छ । विभागकाअनुसार १ खर्ब ७२ अर्ब ४२ करोड ८७ लाख २३ हजार रुपैयाँ बराबरको १३ लाख ९३ हजार ३ सय ३४ किलोलिटर डिजेल आयात भएको छ । डिजेल आयातबाट मात्रै राज्यले ५७ अर्ब ७० करोड ३९ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
डिजेलपछि दोस्रो बढी आयात हुने इन्धनमा पेट्रोल रहेको छ । ७७ अर्ब २६ करोड ५० लाख ११ हजार रुपैयाँ बराबरको ७ लाख ५१ हजार ६ सय ४२ किलोलिटर पेट्रोल आयात भएको छ । यसबाट राज्यले ४० अर्ब ४८ करोड ४१ लाख ४ हजार रुपैयाँ राजस्व उठाएको छ।
त्यस्तै, नेपाली भान्छामा प्रयोग हुने खाना पकाउने एलपी ग्यासको आयात पनि नेपालको अर्थतन्त्रका लागि निकै ठूलो चुनौतीका रूपमा देखिएको छ । एक वर्षमा ६० अर्ब २८ करोड ६ लाख २४ हजार रुपैयाँको ५२ करोड ५ लाख २५ हजार १ सय ९२ केजी (करिब ५ लाख २० हजार मेट्रिक टन) एलपी ग्यास आयात भएको छ । यसबाट सरकारले ११ अर्ब २४ करोड २६ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
यसैगरी, हवाई इन्धन (एटीएफ) को आयात मूल्य २६ अर्ब ६४ करोड ५० लाख ४२ हजार रुपैयाँ रहेको छ । यसको आयात परिमाण २ लाख १३ हजार ६ सय ४३ किलोलिटर रहेको छ भने यसबाट ३ अर्ब ९७ करोड ९ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको छ । ६७ करोड ७४ लाख ४३ हजार रुपैयाँको ६ हजार ९ सय २८ किलोलिटर मट्टितेल आयात भएको छ, जसको कुल मूल्य रहेको छ।
पेट्रोलियम पदार्थबाहेक कोइलाको आयात पनि उल्लेख्य देखिएको छ । १७ अर्ब ९८ करोड १५ लाख रुपैया १ अर्ब ३३ करोड १ लाख ७३ हजार केजी कोइला आयात भएको छ । जसबाट राज्यले ४ अर्ब ९ करोड ३७ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
नेपालमा खपत हुने अधिकांश मुख्य पेट्रोलियम पदार्थ भारतबाट मात्र आयात हुने गरे पनि केही विशेष प्रकारका इन्धन, लुब्रिकेन्ट्स र बेस आयलहरू भने अस्ट्रेलिया, चीन, बहराइन, कतार, सिंगापुर र इटाली लगायतका देशहरूबाट पनि आयात हुने गरेको तथ्यांकले देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण