आगलागीबाट बाह्र लाखको क्षति
शनिबार, २७ फागुन २०७९, १५ : ०३
बैतडी । बैतडीमा आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ । मेलौली नगरपालिका–७ हरिपुरबजारस्थित कृष्णसिंह भण्डारीको ‘न्यू ऊर्जा ट्रेडर्स’मा गए राति आगलागी हुँदा क्षति भएको हो ।
विद्युत् सट भई आगलागी हुँदा पसलको सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । आगलागी लगत्तै स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए ।
आगलागीबाट हिटर, सोलार, तारलगायत विद्युतीय सामान जलेर नष्ट भएपछि पसल सञ्चालक भण्डारीले राहतका लागि इलाका प्रहरी कार्यालय मेलौलीमा निवेदन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण