संयुक्त राष्ट्रसङ्घद्वारा इरान–साउदी अरेबिया सम्बन्ध पुनः शुरु गर्ने सम्झौताको प्रशंसा
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले शुक्रबार साउदी–इरानबीच कूटनीतिक सम्बन्ध पुनःशुरु गर्ने सम्झौताको स्वागत गरेको छ । साथै यस प्रक्रियामा चीनले खेलेको भूमिकाको प्रशंसा पनि गरेको छ ।
“म महासचिवको तर्फबाट साउदी अरेबिया, इस्लामिक गणतन्त्र इरान र जनवादी गणतन्त्र चीनको संयुक्त त्रिपक्षीय समझदारीलाई स्वागत गर्न चाहन्छु, जसले आज बेइजिङमा इरान र साउदी अरेबियाबीच भएको सम्झौतालाई पुनःशुरु गर्ने घोषणा गरेको छ र दुई महिनाभित्र कूटनीतिक सम्बन्ध पूर्ववत्रुपमा अगाडि बढ्ने छ ।” संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक प्रेस ब्रिफिङमा बताएका छन् ।
ओमान र इराकजस्ता अन्य देशले गरेको प्रयासको प्रशंसा गर्दै उनले भने, “महासचिवले हालैको वार्ताको आयोजना गरेकोमा जनवादी गणतन्त्र चीनको प्रशंसा गर्नुभएको छ ।” खाडी क्षेत्रको स्थायित्वका लागि इरान र साउदी अरेबियाबीचको “असल छिमेकी सम्बन्ध” लाई “आवश्यक” भनी वर्णन गर्दै डुजारिकले महासचिव “क्षेत्रीय वार्तालाई अझ अगाडि बढाउन र दिगो शान्ति र सुरक्षा सुनिश्चित गर्न” तयार रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण