शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

आइतबार, २८ फागुन २०७९, ०६ : ०४
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले यतिवेला देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा   चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।  राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली  रहनेछ। 

सोमबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहने महाशाखाले जनाएको छ । आगामी केही दिन  देशका पहाडी भू-भागमा  चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप