संघीयताको मर्मअनुसार शिक्षा ऐन जारी गर्न सरोकारवालाको आग्रह
बुटवल । लुम्बिनी प्रदेशमा संघीयताको मर्मअनुसार शिक्षा ऐन जारी गर्न शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाले आग्रह गरेका छन् ।
आइतबार शिक्षा सरोकारवाला, सञ्चारसम्बद्ध संघ–संगठन, जनप्रतिनिधि र अभियन्ताले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालय समक्ष संघीय शिक्षा विधेयक तत्काल सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
उनीहरुले विधेयक सार्वजनिक गरी सरोकारवालाबीच छलफल सञ्चालन गरेर संघीयताको मर्म अनुरुप शिक्षा ऐन छिटोभन्दा छिटो लाउनु पर्ने माग गरेका हुन् । लुम्बिनी प्रदेशका शिक्षामन्त्री चन्द्रकेश गुप्ताले शिक्षक राजनीतिभन्दा टाढा बस्नुपर्ने बताउँदै शिक्षा ऐन छिटो जारी गराउन प्रदेश सरकारले पहल गर्ने बताए । शिक्षापत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले शिक्षा क्षेत्रमा अझै पनि संघीयताको मर्मविपरित केन्द्रीकृत मानसिकता हाबी रहेको बताए ।
समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल, शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल, शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला, शिक्षानीति तथा अभ्यास केन्द्रका अभियान्ता टीका भट्टराई, मदरसा शिक्षा सुधार समाजका अध्यक्ष अब्दुल रउफ र अन्तर्राष्ट्रिय बौद्ध समाजका संस्थापक अध्यक्ष भिक्षु मैत्रीद्रा जारी गरिएको अपिलमा शिक्षा ऐन ल्याउन तदारुकता नदेखाउनु नेतृत्वको अपरिपक्वता देखिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण