हास्य कलाकार सुमन कार्की र उद्योगी विपिन काबरा सम्मानित
विराटनगर । साताब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै विराटनगर जेसीजको ‘जेसीज सप्ताह’ सम्पन्न भएको छ । समापनको अवसरमा समाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दुई युवालाई सम्मानित गरिएको छ ।
सम्मानित हुनेहरुमा उद्योग ब्यबसायी बिपिन काबरा र हास्य कलाकार सुमन कार्की छन् । उनीहरु दुवै जनालाई जेसीज सम्मानद्वारा सम्मानित गरिएको हो ।
हास्य बिधामार्फत जनतामा हास्यरस सहित सचेतना जगाउने काम गरेको र हास्य व्यंग्य मार्फत मोरङ जिल्लालाई विश्वभर चिनाउन गरेको योगदान स्वरुप कलाकार सुमन कार्कीलाई सम्मानित गरिएको आयोजकले जनाएको छ ।
यस्तै उद्योगको माध्यमबाट बिराटनगरलाई देशभर चिनाउन गरेको योगदान र युवा उद्यमशिलतालाई प्रवर्द्धन गरेको भन्दै काबरालाई सम्मानित गरिएको हो ।
साथै जेसीज ५० बर्ष पुगेको अवसरमा सम्पूर्ण पूर्व अध्यक्षहरुलाई ताम्रपत्रसहित सम्मान गरिएको थियो । विराटनगर जेसीजकै प्रोजेक्ट जेसी बाल सदन विद्यालयको संस्थापक शिक्षक बनी नेपाल, बिराटनगर जेसीजका संस्थापकद्वय विजय सेन शर्मा र लोकमान गोल्छा र मानार्थ सदस्य किसनलाल दुगडलाई सम्मान गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अझ गतिशील भएर विराटनगर जेसीज अघि बढ्ने विश्वास व्यक्त गरे । उनले लागु पदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्न जेसीजका युवाहरु लाग्नु पर्नेमा जोड दिए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर जेसीजले गर्ने हरेक गतिविधिलाई आफूले नजिकबाट नियालिरहेको र आगामी दिनमा जेसीजले आयोजना गर्ने क्षेत्र (क) सम्मेलन विराटनगरमा हुने कुरा सुन्न पाउँदा आफूलाई खुसी लागेको बताए ।
नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रश्मी बस्नेतले विराटनगर जेसीजको सप्ताह सधैँ उत्कृष्ट रहने बताइन् । साताव्यापी कार्यक्रममा उत्कृष्ट कार्यक्रमका रुपमा सप्ताह समापन तथा सम्मान कार्यक्रमका कार्यक्रम संयोजक राजन नेपाल उत्कृष्ट कार्यक्रम संयोजकका रुपमा निमा अवार्डबाट पुरस्कृत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्रकर्मीको भावना समेटेर ऐन बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री तिमिल्सिना
-
भाग खोजेका होइनौँ, १५औँ महाधिवेशनमा निष्पक्षताको ग्यारेन्टी खोजेका हौँ : डा. महत
-
नेपालमा बढ्दो लागुऔषधको जालो तोड्न प्रहरीको तीन वर्षे विशेष कार्ययोजना
-
करका दर हेरफेर र भन्सार अनियमितता छानबिनको लागि उच्चस्तरीय समिति बनाउन सांसदहरूको माग
-
काठमाडौँको मारिया हस्पिटलमा मेडिकल काउन्सिलको एक्सन: ३ विदेशी चिकित्सक निलम्बन, अस्पताल सिलबन्दी
-
संस्थापन पक्षबाट सात बुँदे खाका आएको छ, त्याे पर्याप्त छैन : देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण