बैंकले कर्जाको आकार र ब्याजदर बढाउन मिल्दैन : मन्त्री दुलाल
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल 'शरद'ले बैंकहरुले ऋणको साँवा र ब्याजदरको आकार बढाउन नमिल्ने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री दुलालले बैंकहरुले साँवा र ब्याज गाभेर कर्जाको आकार बढाउनु दुःखद भएको टिप्पणी गरेका हुन् ।
उनले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटाएर उद्योग व्यवसाय जोगाउन राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।
उनले लेखेका छन्,'बैंकले सुदखोरले झैं ब्याजलाई साँवामा गाभेर कर्जाको आकार र ब्याजदर दुवै बढाइरहन मिल्दैन । अतः राष्ट्र बैंकले निक्षेप र कर्जा दुवैमा अविलम्ब ब्याजदर घटाइ उद्योग व्यवसाय बचाउनु पर्दछ ।'
आर्थिक मन्दी चलेको अवस्थामा'राष्ट्र बैंकको अन्तिम कर्जा सुविधा' समाधान नभई क्षणिक सहायता मात्र भएको उनले बताएका छन् । राष्ट्र बैंकले समास्याको दीर्घकालीन समाधानका लागि शीघ्र नीतिगत पहल गर्न उनले आग्रह गरेका छन् ।
'आर्थिक उत्पादनमा संकुचन आएको बखत “राष्ट्र बैंकको अन्तिम कर्जा सुविधा” पेन किलर मात्र हो, एण्टिबायोटिक होइन । राष्ट्र बैंकले अविलम्ब नीतिगत पहल लिओस्,' उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण