चितवनका क्याम्पसमा लगाइएको ताला प्रहरीले तोड्यो
मङ्गलबार, ३० फागुन २०७९, १० : २७
चितवन । स्ववियू निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी सङ्गठनले लगाएको ताला प्रहरीले तोडेको छ ।
जिल्ला प्रशासन कार्यालयले चितवनका क्याम्पसहरूमा लगाइएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्ट मंगलबार बिहान प्रहरीले ताला तोड्न सुरु गरेको हो ।
चितवन प्रहरीका डीएसपी तथा प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार मंगलबार बिहानसम्म विभिन्न ११ वटा क्याम्पसमा लगाएको ताला तोडिएको छ ।
जसअनुसार भरतपुरका सप्तगण्डकी, वीरेन्द्र क्याम्पसलगायतका छन् । चितवनका अन्य क्याम्पसहरूको पनि ताला तोडेर स्ववियु निर्वाचनलाई सहज बनाउने कार्य गरिएको पण्डितले जानकारी दिए ।
चितवन जिल्ला प्रशासनले चितवनका सम्पूर्ण क्याम्पसमा तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न क्याम्पस प्रशासनहरूलाई समेत ताला तोडेर निर्वाचन प्रक्रिया सहज बनाउन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ ३० दिनसम्म दैनिक ओखर खाँदा ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पुरुषमा यो हो हार्ट अट्याकको पहिलो लक्षण
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण