बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

दन्त स्वास्थ्यबारे यस्ता छन् गलत धारणा

मङ्गलबार, ३० फागुन २०७९, १६ : ५१
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । मुख आयतनको हिसाबले सानो अङ्ग भएपनि निकै महत्त्वपूर्ण हो । मुख शरीरको प्रवेशद्वारा हो र शरीरका सम्पूर्ण अङ्ग प्रत्यङ्गलाई स्वस्थ वा अस्वस्थ बनाउन प्रत्यक्ष भूमिका खेलेको हुन्छ । 

त्यसैले मुख सधैँ स्वस्थ राख्नुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार समाजमा अझै पनि दन्त स्वास्थ्य सम्बन्धी केही गलत धारणा छन् । जस्तै,

–दाँत निकाल्दा आँखा कमजोर हुन्छ ।

–दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ ।

–जुठो खाँदा दाँतमा किरा लाग्छ ।

–नक्कली दाँत राखे कमजोर भइन्छ ।

–उपचार गर्नुभन्दा निकाल्नु कठिन हुन्छ ।

–दाँत नदुख्दासम्म उपचार गर्नु हुँदैन ।

–कडा बुरुसले दाँत सफा गर्दा दाँत सफा, चम्किलो हुन्छ ।

–अन्य रोगहरूको तुलनामा दाँतको रोग गम्भीर हुँदैन ।

–दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य नमानी विलसिता र कस्मेटिक उपचार ठान्ने ।

–१÷२ वटा दाँत बिग्रँदैमा केही हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप