शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामसङले ल्यायो ‘एम सिरिज’ स्मार्ट फोन, अब दराज एपबाट प्रि–अर्डर गर्नसकिने

बुधबार, ०१ चैत २०७९, १५ : २१
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । सामसङले दराजबाट ग्यालेक्सी एम–४ को प्रि–अर्डर खुल्ला गरेको छ । ग्यालेक्सी एम सिरिजको पपिल्लो संस्करणले युवा पुस्ताका आवश्यकता  पूरा गर्न अतुलनीय अनुभव र अद्वितीय सन्तुष्टि वाचा गर्छ ।

ग्यालेक्सी एम–४ र्याम प्लसका साथ ८ जीबी र्यामसम्म बढाउन सकिने विशेषता उपलब्ध रहेको कम्पनीले जनाएको छ । र्याम प्लसले प्रयोगकर्ताहरुलाई आवश्यकता बमोजिम र्यामको स्टोरेज वृद्धि गर्ने सुविधा प्रदान गर्ने जनाइएको छ ।

यसमा मिडिया टेक हेलियो पि ३५ प्रोसेसर जडित छ । जुन २.३ गेगाहर्जसम्म चलाउन  सकिन्छ । प्रयोगकर्ताहरूले परिष्कृत कार्यसम्पादन, सहज मल्टिटास्किङ, सजिलो  एप नेभिगेसन र निर्वाध गेमिङ अनुभव गर्नेसक्नेछन ।

ग्यालेक्सी एम०४ मा प्रभावशाल अवलोकन अनुभूतिका लागि ६.५ इञ्चको डिस्प्ले रहेको । ठूलो स्क्रिनले टेक सावी प्रयोगकर्ताहरूलाई सोशल मिडियाहरू सजिलैसँग प्रयोग गर्न मद्दत गर्दछ । चलचित्र प्रेमीहरूले बिना कुनै रोकावट आफ्नो मनपर्ने फ्लिमको आनन्द लिन सक्छन् ।

यो फोनमा ५००० यम ए यच ब्याट्री जडित लामो समयसम्म टिक्छ र इन–बकस चार्जरसहित उपलब्ध  छ । ग्यालेक्सी एम०४ ले पावर९बचत मोडलाई समर्थन गर्दछ जुन तपाईंको प्रयोगमा अनुकूल हुन्छ र ब्याट्री ५०५ भन्दा माथि  छ ।

ग्यालेक्सी एम०४ को ४ जिबि प्लस ६४ जीबी खाले मोबाइलको बजार मूल्य १५ हजार ९९९ र ४ जीबी प्लस १२८ जीबीको बजार मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप