आजदेखि ‘मुन्द्रेको कमेडी क्लब’, अभिनेता प्रदीप खड्का पहिलो गेष्ट
काठमाडौँ । हास्य कलाकार जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ आजदेखि प्रसारणमा आउने भएको छ । कलाकार जीतु नेपालले शो आजदेखि प्रसारण हुने जानकारी गराएका हुन् । नेपालले शोको पहिलो अतिथिको रुपमा अभिनेता प्रदीप खड्कालाई लिएका छन् । सामाजिक संजालमा शो सुटिङको एक तस्बिर पोष्ट गर्दै उनले सल्लाह र सुझावको अपेक्षा गरेको बताएका छन् ।
कान्तिपुर टेलिभिजनबाट साँझ प्रसारणमा आउन लागेको शो जीतुले ‘कि एडभटाइजिङ’सँगै मिलेर निर्माण गरेका हुन् । शोको यो नयाँ सिजनको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् । यसअघि शोको अध्यक्षमा दीपाश्री निरौला र त्यसपछि करिश्मा मानन्धर रहेका थिए । अब सुरु हुने शोमा अध्यक्ष मात्र नभएर केही कलाकार समेत नयाँ हुनेछन् । जसमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् । सुमन गिरी भाञ्जा कार्यक्रम संयोजक रहेको शोको निर्देशक दिनेश डिसी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण