स्थानीय तहले पाउने समानीकरण अनुदान सार्वजनिक
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदानको सिफारिस गरेको छ । आयोगले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि प्रदेश र स्थानीय सरकारलाई पठाउने अनुदान सिफारिस गरेको हो ।
आर्थिक वर्ष २०८०–८१ का लागि प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने न्यूनतम वित्तीय समानीकरण अनुदान कुल वित्तीय समानीकरण अनुदानको क्रमशः २५ प्रतिशत र ३०.२८ प्रतिशत हुने गरी सिफारिस गरिएको छ ।
यसरी न्यूनतम वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेशका हकमा जनसङ्ख्या र क्षेत्रफललाई ५०–५० प्रतिशत भार दिई प्रत्येक प्रदेशले प्राप्त गर्ने न्यूनतम अनुदानको हिस्सा निर्धारण गरिएको छ ।
त्यसैगरी स्थानीय तहको हकमा न्यूनतम अनुदान सिफारिस गर्दा जनसङ्ख्यालाई मुख्य आधार लिइएको आयोगले जनाएको छ । प्रत्येक स्थानीय तहलाई न्यूनतम अनुदान सिफारिस गर्दा १० हजारभन्दा कम जनसङ्ख्या भएका स्थानीय तहलाई कम्तीमा रु २ करोड ७५ लाखमा नघट्ने गरी व्यवस्था गरिएको छ । सो रकमको सीमालाई न्यूनतम आधार मानी तत्पश्चात् जनसङ्ख्यालाई मुख्य आधार लिई स्थानीय तहको वर्गीकरण समेतका आधारमा सिफारिस गरिएको आयोगले जनाएको छ ।
यसरी प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने न्यूनतम वित्तीय समानीकरण अनुदान क्रमशः रु १४ अर्ब ६६ करोड ६९ लाख र रु २६ अर्ब ४५ करोड २५ लाख समेत जम्मा रु ४१ अर्ब ११ करोड ९४ लाख न्यूनतम वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको आयोगले जनाएको छ । कुल वित्तीय समानीकरण अनुदानमा न्यूनतम अनुदान हिस्सा २८.१६ प्रतिशत रहेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण