क्रिकेट खेलाडीसँग प्रधानमन्त्रीको प्रतिबद्धता, ‘रङ्गशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउँछु’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा क्रिकेट रङ्गशाला निर्माणाधीन रहे पनि त्यो पूरा हुन सकेको छैन । बिहीबार नेपाल र यूएईबीचको खेल हेर्न प्रधानमन्त्री त्रिवि मैदान पुग्दा त्यहाँ उपस्थित दर्शकहरूले ठुलो स्वरमा रङ्गशाला बनाउन माग गरेका थिए ।
‘कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशित गर्दछु,’ विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु।’
प्रधानमन्त्री प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशिको पुरस्कार घोषणासमेत गरेका छन्।
खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, “मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईंहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आयो: मन्त्री रावल
-
बागमतीको बजेट बहुमतले पारित
-
शुक्लाफाँटामा ‘ग्रीन एण्ड क्लीन’ अभियान सुरु
-
सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री
-
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
-
मन्त्रालयको सङ्ख्या घटाउँदा रु २० अर्ब बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण