उपराष्ट्रपति निर्वचन
उपराष्ट्रपति निर्वाचन : रास्वपाले दियो जनमतलाई मत
शुक्रबार, ०३ चैत २०७९, १३ : ५९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई भोट दिएको छ । रास्वपाका एक सांसदकाअनुसार ममता झालाई मत दिन संसदीय दलका नेता डोलप्रसाद अर्यालले सांसदलाई सर्कुलर गरेसँगै सोहीअनुसार मतदान भएको हो । उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, एमालेका अष्ठलक्ष्मी शाक्य र जनमतबाट झा प्रतिस्पर्धामा छन् । यादवले मत माग्दा रास्वपाले पुरुष उम्मेदवारलाई मत नदिने जवाफ दिएको थियो ।
यादवलाई मत नदिने जवाफ दिएको रास्वपाले शाक्यलाई मत दिने अनुमान थियो । तर मतदान चलिरहेका बेला रास्वपाले अन्ततः झालाई मत दिन सांसदलाई सर्कुलर गरेको हो । रास्वपाका १९ सांसद छन् । उसको मतभार १५०१ रहेको छ । यसअघि राष्ट्रपतिको निर्वाचनमा रास्वपाले नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई मत दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
-
चिर्पट प्रहार गरी श्रीमानको हत्या
-
आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलका लागि अस्ट्रेलियन टोलीको घोषणा
-
एन्फाको अपिल समितिले उल्टायो पुरानो निर्णय, धीरेन्द्रलाई ‘बी’ डिभिजन खेल्ने अनुमति
-
आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ : मुख्यमन्त्री आचार्य
-
प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट