उपराष्ट्रपति निर्वचन
उपराष्ट्रपति निर्वाचन : रास्वपाले दियो जनमतलाई मत
शुक्रबार, ०३ चैत २०७९, १३ : ५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई भोट दिएको छ । रास्वपाका एक सांसदकाअनुसार ममता झालाई मत दिन संसदीय दलका नेता डोलप्रसाद अर्यालले सांसदलाई सर्कुलर गरेसँगै सोहीअनुसार मतदान भएको हो । उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, एमालेका अष्ठलक्ष्मी शाक्य र जनमतबाट झा प्रतिस्पर्धामा छन् । यादवले मत माग्दा रास्वपाले पुरुष उम्मेदवारलाई मत नदिने जवाफ दिएको थियो ।
यादवलाई मत नदिने जवाफ दिएको रास्वपाले शाक्यलाई मत दिने अनुमान थियो । तर मतदान चलिरहेका बेला रास्वपाले अन्ततः झालाई मत दिन सांसदलाई सर्कुलर गरेको हो । रास्वपाका १९ सांसद छन् । उसको मतभार १५०१ रहेको छ । यसअघि राष्ट्रपतिको निर्वाचनमा रास्वपाले नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई मत दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण