चट्याङ लागेर सल्यानमा २ जना विद्यार्थी घाइते
शुक्रबार, ०३ चैत २०७९, १५ : ४९

सुर्खेत । सल्यानमा चट्याङ लागेर दुई जना विद्यार्थी घाइते भएका छन् । शुक्रबार विद्यालयबाट घर फर्किने समयमा २ जना स्कुले छात्रा घाइते भएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार घाइते हुनेमा कपुरकोट गाउँपालिका–५ स्थित जिवनज्योति माध्यामिक विद्यालय रिममा कक्षा ९ मा पढ्ने १४ वर्षीय प्रतिभा राम्जार र १३ वर्षीय एमुना बुढा रहेकी छन् ।
प्रहरीका अनुसार घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगेर उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
-
गाजामा इजरायलले गरेको हवाई हमलामा ६० जनाको मृत्यु
-
भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो, तस्बिरमा हेर्नुहोस्
-
महालेखाले भन्यो, ‘बैङ्कहरूले राखेनन् सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान खुल्ने विवरण’
-
विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने दाबीसहितको रिट दर्ता भएन, बिहीबार निर्णय हुने
-
पशुपति क्षेत्र विकास कोषको म्याद दुई वर्षदेखि थपिएन