बुटवलका व्यावसायिक सटरको भाडादर सम्बन्धी मापदण्ड बनाउन सुझाव
बुटवल । बुटवलका व्यवसायीहरुले सटर भाडादर सम्बन्धी मापदण्ड बनाउन बुटवल उपमहानगरपालिकालाई सुझाव दिएका छन् ।
उपमहानगरपालिकाले आज सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न राखेको छलफल कार्यक्रममा सहभागीहरुले बुटवलमा व्यावसायिक सटरहरुको भाडादर अचाक्ली महँगो भएको भन्दै मापदण्ड बनाउन सुझाव दिएका हुन् ।
उनीहरुले महँगो भाडादरका कारण बुटवलका मुख्य व्यापारिक क्षेत्रबाट व्यापार व्यवसाय विस्थापित हुने र त्यसको मार व्यवसायीमा पर्ने भन्दै सबै क्षेत्रलाई चित्त बुझ्ने गरी भाडादरको मापदण्ड बनाउनु उचित हुने बताए ।
प्रदेशको राजधानी दाङ तोकिएपछि बुटवलको व्यापार व्यवसायमा संकट आएको भन्दै उनीहरुले यसबाट व्यवसायीहरु मर्कामा परेको गुनासोसमेत गरे ।
सहभागीहरुले बुटवलभित्र निर्माणाधीन योजना समयमै सम्पन्न गर्न बुटवल उपमहानगरपालिकाले संघ र प्रदेशलाई निरन्तर दबाब दिनुपर्ने र आवश्यक परेमा बुटवल उपमहानगरपालिकाको अगुवाईमा सडकमा आउन समेत तयार रहेको बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई साझा सहरका रुपमा स्थापित गर्दै देशकै अगुवा सहर बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरे ।
उनले बुटवलको व्यावसायिक क्षेत्रका समस्याका बारेमा उपमहानगरपालिकाले अध्ययन गरिरहेको र छिटै यसबारे आवश्यक निर्णय गर्ने बताए ।
चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वय सम्बन्धी कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला
-
टर्कीलाई एफ–३५ बेच्ने अमेरिकी योजनाको नेतन्याहूले गरे विरोध
-
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण