शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आज यी तीन प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

शनिबार, ०४ चैत २०७९, ०६ : ०२
शनिबार, ०४ चैत २०७९

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा चट्याङ्ग र हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

राति कोशी, मधेस र बागमती प्रदेशको एक-दुई स्थानमा  चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि पनि पहाडी तथा तराईका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप