शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
बिना तामझाम राष्ट्रपतिको सवारी, सर्वसाधारणले पत्याउनै सकेनन् (फोटोफिचर)
फोटोफिचर

बिना तामझाम राष्ट्रपतिको सवारी, सर्वसाधारणले पत्याउनै सकेनन् (फोटोफिचर)

शनिबार, ०४ चैत २०७९

काठमाडौँ । राष्ट्रपतिको सवारी । यो भन्ने बित्तिकै सर्वसाधारण जनताको दिमागमा खाली सडक, गाडीहरूको ताँती, सुरक्षाकर्मीको बाक्लो उपस्थिति भन्ने आइहाल्छ । तर, शनिबारको दृश्य भने योभन्दा बिलकुलै फरक थियो ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँको मुटुमा रहेको वसन्तपुरको कुमारी घरमा पुग्दा पहिलेजस्तै कुनै तामझाम थिएन । अगुवा र पछुवा गाडी लिएर राष्ट्रपति पौडेल वसन्तपुर पुग्दा धेरै सर्वसाधारणले त उनी आएको पत्तो समेत पाएनन् । अन्य भने राष्ट्रपति त्यसरी आएको भनेर पत्याउन सकिरहेका थिएनन् ।

यसअघि राष्ट्रपतिको सवारीमा सर्वसाधारणले धेरै दुःख पाउने गरेका थिए । राष्ट्रपतिका लागि सडक खाली गराउँदा जनताले लामो जामको सास्ती खेप्नुपर्थ्यो । गणतन्त्र आए पनि राष्ट्रपतिको राजसी शैली चौतर्फी आलोचना हुन्थ्यो । त्यही भएर पौडेलले राष्ट्रपति हुनुअघि नै आफूले त्यो परम्परा तोड्ने वाचा गरेका थिए । आज उनले सो वाचा पूरा गरेर पनि देखाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया