क्रिकेट खेलाडीलाई रंगशालामा सम्मान

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिवार एक दिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी फुटबल क्लब र एपीएफ क्लवबीचको मध्यान्तरमा नेपाली क्रिकेट टोलीलाई सम्मान गरिएको हो ।
खेलाडीले उक्त समयमा उपस्थित दर्शकसँग खुशी साटेका थिए । नेपाली टोलीलाई विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै सम्मान गरिएको एमडीएसी स्पोट्र्सले जनाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा भएको अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपालले बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्सलाई ९ रनले पराजित गर्दै विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङसहित अन्य पदाधिकारी तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह लगायतले खेलाडीलाई सम्मान गरेका हुन् । एमडीएसीले मनाङ र एपीएफबीचको खेलमा टिकटबाट उठेको सम्पूर्ण रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषमा हस्तान्तरण गर्ने जनाएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
आईपीएल क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि कोलकाताको प्लेअफ सम्भावना समाप्त
-
इटालियन सिरी’ए मा एटलान्टा विजयी