शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
सारांश
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले आज प्रतिवेदन बुझाउने भएको छ।
- विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन नसकेका विषयहरूलाई थाती राख्दै उपसमितिले प्रतिवेदन तयार पारेको थियो।
- प्रतिवेदनमाथि समितिमा छलफल हुनेछ र आवश्यक थपघटपछि विधेयक संसदमा पेश गरिनेछ, असार १५ गते प्रतिनिधिसभामा पेश गर्ने सहमति छ।
काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन आज बुझाउने भएको छ। आज दिउसो ३:३० बजे बस्ने समिति बैठकमा उपसमितिले आफ्नो प्रतिवेदन बुझाउन लागेको हो।
विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्दै सहमति गरेर प्रतिवेदन बुझाउन समितिले छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। उक्त उपसमितिले दफावार छलफल गर्दै उपसमितिले प्रतिवेदन तयार, पारेको थियो। त्यसका लागि उपसमितिलाई थप १० दिनको समय दिइएको थियो।
विद्यालय शिक्षा विधेयकका विभिन्न दफाहरूमा सहमति जुट्न नसकेपछि ती विषयहरूलाई त्यत्तिकै राखेको छ। अब प्रतिवेदनमाथि समितिमा छलफल हुनेछ। र समितिले समेत आवश्यक थपघट गर्न सक्नेछ। समितिमा समेत आवश्यक छलफल भएपछि विधेयक संसदमा पेश गरिनेछ।
असार १५ गतेको बैठकमा प्रतिनिधिसभाबाट विधेयक पेश गर्ने सहमति भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण