शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने

समाचार सारांश
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले आज प्रतिवेदन बुझाउने भएको छ।
- विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन नसकेका विषयहरूलाई थाती राख्दै उपसमितिले प्रतिवेदन तयार पारेको थियो।
- प्रतिवेदनमाथि समितिमा छलफल हुनेछ र आवश्यक थपघटपछि विधेयक संसदमा पेश गरिनेछ, असार १५ गते प्रतिनिधिसभामा पेश गर्ने सहमति छ।
काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदन आज बुझाउने भएको छ। आज दिउसो ३:३० बजे बस्ने समिति बैठकमा उपसमितिले आफ्नो प्रतिवेदन बुझाउन लागेको हो।
विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्दै सहमति गरेर प्रतिवेदन बुझाउन समितिले छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। उक्त उपसमितिले दफावार छलफल गर्दै उपसमितिले प्रतिवेदन तयार, पारेको थियो। त्यसका लागि उपसमितिलाई थप १० दिनको समय दिइएको थियो।
विद्यालय शिक्षा विधेयकका विभिन्न दफाहरूमा सहमति जुट्न नसकेपछि ती विषयहरूलाई त्यत्तिकै राखेको छ। अब प्रतिवेदनमाथि समितिमा छलफल हुनेछ। र समितिले समेत आवश्यक थपघट गर्न सक्नेछ। समितिमा समेत आवश्यक छलफल भएपछि विधेयक संसदमा पेश गरिनेछ।
असार १५ गतेको बैठकमा प्रतिनिधिसभाबाट विधेयक पेश गर्ने सहमति भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
३ जना मृतावस्थामा फेला
-
गुजरातविरुद्धको खेलमा विराटको कीर्तिमान तोड्न सक्छन् केएल राहुलले
-
मखन आगलागी : छानबिन गरेर १० दिनभित्र रिपोर्ट बुझाउन उपप्रमुख डंगोलको निर्देशन
-
विपिन कुमार गुरुङ : पूर्व भलिबल खेलाडीदेखि सफल व्यवसायी र समाजसेवीसम्म
-
कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह