बारा–२ मा उपेन्द्र यादवका लागि माहोल बनाउन जसपामै फर्किए रामकिशोर
बारा । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा–२ मा तेस्रो स्थानमा रहेका रामकिशोर प्रसाद यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । रामकिशोर यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार पार्टीमा प्रवेश गराएका हुन् ।
बारा–२ का संघीय सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा छ । अध्यक्ष यादवका लागि अनुकुल वातावरण बनाउन रामकिशोरलाई पार्टीमा प्रवेश गराइएको जसपा स्रोतले जनाएको छ ।
‘बारा –२ मा पार्टीले टिकट दिए चुनाव लड्न म पनि तयार छु तर पार्टीले अध्यक्षज्यूको एक्लो नाम पठाउने तयारी गरेको छ, उहाँलाई जिताउने हाम्रो मुख्य उद्देश्य हो,’ रामकिशोरले भने ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा यादवले ११ हजार ४३ मत प्राप्त गरेका थिए भने दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहाय यादवले भने १३ हजार ८२२ मत पाएका थिए ।
विगतमा जसपाभित्रै रहेर राजनीति गरेका रामकिशोर यादव पार्टीले टिकट नदिएपछि प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।
मेरो उम्मेदवारी निश्चित छ : शिवचन्द्र कुशवाहा
मंसिर ४ मा सम्पन्न निर्वाचनमा रामसहाय यादवसँग पराजित भएका माओवादीका उम्मेदवार शिवचन्द्र कुशवाहले पनि उम्मेदवारी दिने बताएका छन् ।
रामसहाय यादवसँग थोरै मतले पराजित भएका कुशवाहले जनताले आफूलाई चुनाव लड्न आग्रह गरेको भन्दै आएका छन् ।
‘म चुनाव लड्छु, जसरी पनि जित्छु,’ माओवादी नेता कुशवाहले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण