लिलाधर घिमिरे पछिया जनता कलेजमा नेविसंघको प्यानल विजय
आइतबार, ०५ चैत २०७९, १८ : १३
बुटवल । रुपन्देहीको लिलाधर घिमिरे पछिया जनता कलेजमा नेपाली कांग्रेसको निकट नेपाल विद्यार्थी संघ नेविसंघ को प्यानल नै विजय भएको छ ।
स्ववियु चुनावको परिणाम अनुसार सभापतिमा नेविसंघका अभिषेककुमार यादव विजय भएका हुन् । यादवले ११३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुकी पुष्पा यादवले ५१ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
सचिवमा मुकेश नाउँ, कोषाध्यक्षमा विजया लक्ष्मी रानाभाट निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा नीराजन मुराउ, सरिता मल्लाह, दीपेन्द्र थारु र आशिष जैसवाल विजयी भएको निर्वाचन अधिकृत इन्द्र प्रसाद तिवारीले जानकारी दिए ।
उक्त क्याम्पसमा २ सय ३१ जना विद्यार्थी मतदाता भएपनि १६६ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अशोक राई नेतृत्वको कार्यसमिति
-
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
-
अन्तिम क्षणमा किन रोकियो नेपाल र भारतका सर्वोच्च अदालत बिचको एमओयू ?
-
परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस
-
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
-
वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ