मदिराजन्य वस्तु ओसारपसारमा साउदीको जेल पर्दै नेपाली
काठमाडौँ । साउदी अरबका विभिन्न कारागार (जेल)मा परेका नेपालीमध्ये अधिकांशलाई मदिराजन्य वस्तु ओसारपसारको आरोप लागेको बताइएको छ । साउदी अरबमा रहेको नेपाली दूतावासका अनुसार दूतावासले सूचनामार्फत यसबारे जानकारी दिँदै यस्तो कार्य नगर्न आग्रहसमेत गरेको हो ।
दूतावासका अनुसार यस्तो कार्यमा लगाउने पनि बढीजसो नेपाली नागरिक नै हुने गरेका छन् । आफूले जेलमा पुगेर भेट्दा चिनजानकै व्यक्तिबाट ठगिएको भन्ने गुनासो आएकाले यसबारे सचेत रहन दूतावासले साउदीमा रहेका आफ्ना श्रमिकलाई आग्रह गरेको छ । साउदी नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य देशमा पर्छ तर यहाँको कानुन कडा छ । नियम कानुनका बारेमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदी अरबमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् । साउदी अरबमा मदिरा सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण