संसद बैठक
विश्वासको मत प्राप्तका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्ड
सोमबार, ०६ चैत २०७९, १३ : २९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गरिरहेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत प्राप्त गर्नका लागि बैठकमा सो प्रस्ताव प्रस्तुत गर्न सुरु गरेका हुन् ।
नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रधानमन्त्रीले प्रस्ताव पेस गर्नुहुने प्रावधान छ । त्यस अवसरमा उनले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि गरिएको प्रयासमा सहमत नभएपछि एमालेसहितका राजनीतिक दलहरुसँगको गठबन्धन सरकार टुट्न पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना
-
भाडाको घरमा सीके राउतको दाबी, हत्याउन अनेक प्रपञ्च
-
कांग्रेस पदाधिकारी बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
दिवस नाथको ‘राख मनैमा’
-
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
-
आज ७३औँ कानुन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै