'अब सरकारलाई पूर्णता दिन गृहकार्य हुन्छ'
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महतले अब सरकारलाई पूर्णता दिन गृहकार्य हुने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद महतले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् । उनले सरकारलाई पूर्णता दिन सम्पूर्ण रुपले गृहकार्य हुने बताए ।
नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले एमाले प्रतिपक्षमा बसेर भएपनि राष्ट्र र जनताको हितको मुद्दा उठाउने प्रतिक्रिया दिए । उनले जनताको हितमा पार्टीले भूमिका निर्वाह गर्ने र सरकारलाई सोही अनुरुप दबाब दिने बताए ।
नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सरकारले छिटोभन्दा छिटो पूर्णता पाउने बताए । उनले प्रधानमन्त्रीले गर्नुभएको प्रतिवद्धताहरु द्रुत गतिमा कार्यान्वयन हुने बताए । त्यस्तै उपमहासचिव शर्माले शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरुको गठबन्धन भएकाले अहिलेको सत्तारुढ गठबन्धन प्राकृतिक गठबन्धन भएको बताए । गठबन्धन संसद्को पूर्ण कार्यकाल अगाडि बढ्ने उनको भनाई छ ।
जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले पनि आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने बताए । यद्यपि चैत ८ गते पार्टीको कार्यकारिणी समिति बैठकले निर्णय गर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण