बालबाटिकाका बालबालिकाले देखाए प्रतिभा
काठमाडौँ । शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानको हल खचाखच थियो । त्यही हलमा भेला भएका थिए–राजधानीको बालाजुस्थित बालबाटिका इन्टरनेशनल स्कुलमा अध्ययनरत बालबालिका र तिनका अभिभावक ।
अभिभावक र अतिथिहरूको सामु बालबालिकाले आफ्नो ट्यालेन्ट देखाएर भरपुर मनोरञ्जन दिए । बालबालिकाले डान्स, फेसन शो, उद्घोषण, तेक्वान्दो, गायन, बाद्यबादनलगायतका माध्यमबाट उपस्थितलाई भरपुर मनोरञ्जन दिएका हुन् ।

स्कुलको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा प्ले ग्रुप–नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीले आ–आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।
सो क्रममा नर्सरीका स–सानादेखि कक्षा ९ सम्मका विद्यार्थीको प्रस्तुति आकर्षक रहेको भन्दै अभिभावकले विद्यालयले पारिवारिक वातावरणमा राम्रो शिक्षा दिएको प्रशंसा गरे ।
कार्यक्रममा अध्यक्ष रमेश प्रसाईँले शिक्षक अभिभावकको निरन्तरको साथले यहाँसम्म आइपुग्न सफल भएको र यही शैक्षिक सत्रदेखि कक्षा १० पनि सञ्चालन गर्न लागिएको जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक राजेश खकुरेलले पारिवारिक वातावरणमा गुणस्तरीय पठनपाठनका लागि विद्यालय क्रियाशील रहेको बताए । सैद्धान्तिकका साथै व्यवहारिक शिक्षामा जोड दिँदै आएको विद्यालयले अनुभवी शिक्षकमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण