बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
डिजिटल वालेट

आईएमई पे : मोबाइलमै रेमिट्यान्स पाउने भरपर्दो माध्यम बन्दै

मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा कतार पुगेकी सावित्रा तामाङ ‘आईएमई’मार्फत रेमिट्यान्स पठाउने गर्छिन् । सुरुसुरुमा आईएमई रेमिटमार्फत रेमिट्यान्स पठाउने उनी विगत केही वर्षयता भने ‘आईएमई पे’मा रेमिट्यान्स पठाउँथिन् । तर ‘आईएमई पे’मा नै रेमिट्यान्स पठाउन मिल्नेबारे जानकारी पाएपछि सिधै आईएमई पेमा रेमिट्यान्स पठाउने थालेको तामाङ बताउँछिन् ।

आईएमई रेमिटमार्फत रेमिट्यान्स पठाउँदा घरका मानिसहरू रेमिट कम्पनी पुग्नुपर्ने र पैसा झिक्न लाइन बस्नुपथ्र्यो । तर आईएमई पेमार्फत रेमिट्यान्स पठाउँदा मोबाइलमा सिधै पैसा आउने भएपछि घरका मानिसलाई सहज भइरहेको तामाङको भनाइ छ । आईएमई पेले नेपाली र अङ्ग्रेजी भाषामै एप चलाउन मिल्ने व्यवस्था गरेपछि झनै सहज भएको छ । यही कारण तामाङले मोबाइलमार्फत सिधै मोबाइलमा रेमिट्यान्स पठाउने गरेको बताइन् ।

यस्तै काठमाडौँमा आफ्नै व्यवसाय गरेर बसेकी कल्पना ढकालको छोरा वैदेशिक रोजगारीका लागि विदेश छन् । सुरुसुरुमा छोराले आईएमई रेमिटमार्फत रेमिट्यान्स पठाउने गरेको ढकाल बताउँछिन् । तर छोराले आईएमई पेमा सिधै आमाको मोबाइलमा रेमिट्यान्स पठाउन मिल्ने र आवश्यकताअनुसार झिक्न र प्रयोग गर्न मिल्ने जानकारी पाएपछि भने ढकालले रेमिट कम्पनी धाउनु परेन । ‘छोराले सुरुमा विदेशबाट पठाएको पैसा आईएमई रेमिट्यान्समा लिन जानुपथ्र्यो,’ ढकालले भनिन्, ‘तर अहिले ‘आईएमई पे’ आएपछि घरमै बसेर सजिलै पैसा झिक्न सकिन्छ ।’ यस्तै समयमा पैसा नझिके बैङ्कले जस्तै ब्याज दिने भएकाले ब्याजसमेत पाइने ढकालको भनाइ छ ।

सन् २०१७ मा स्थापना भएको ‘आईएमई पे’ आईएमई रेमिटले सुरु गरेको कम्पनी हो । २० वर्षअघि वैदेशिक रोजगारीमा गएका नेपालीहरूको रकम औपचारिक माध्यमबाट नेपाल ल्याउने भनेर आईएमई रेमिट स्थापना गरिएका थियो । त्यसपछि सबैको मुखमा आईएमई झुन्डियो । ‘उक्त समयमा प्रविधि थिएन । तर पछिल्लो समय प्रविधिको विकास भइरहँदा हामीले पनि आत्मसात गर्ने योजना बनायौँ,’ चिफ मार्केटिङ अफिसर सञ्जीव न्यौपाने बताउँछन् ।

Untitled-7

 

‘हामी तत्कालीन समयमा बजारको एउटा प्लेयर बनेर छिर्याैं । लन्च हुनसाथ राम्रो बजार लिइरहेको समयमा २०१९ मा विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी फैलिएसँगै देशव्यापी लकडाउन भयो,’ न्यौपानेले भने, ‘त्यससँगै हाम्रा सेवाग्राहीले डिजिटल रूपमा आईएमई पेको प्रयोग गर्न सिके ।’
‘आईएमई पेले यतिबेला डिजिटल बैङ्किङ स्तरको सेवा प्रदान गरिरहेको छ । ‘आईएई पे’का प्रयोगकर्ताले बैङ्कका सेवाग्राहीले जस्तै छुट्टै भिसा कार्ड पाउँछन्,’ उनले थपे, ‘सेवाग्राहीले भौतिक रूपमा एउटा र डिजिटल रूपमा एउटा गरी २ वटा भिसा कार्ड पाउँछन् । आईएई पेमा रकम राखेबापत समेत पाइन्छ । यो एपबाट सबै क्यूआर स्क्यान गर्न सकिन्छ ।’

 ‘आजको दिनमा आईएमई पे एउटा मोबाइल एप हो,’ न्यौपाने भन्छन्, ‘भोलिको दिनमा डिजिटल बैङ्क बन्ने हाम्रो लक्ष्य छ ।’ आगामी दिनमा आईएमई पेमार्फत नै बैङ्क एकाउन्ट खोल्न मिल्ने व्यवस्था गर्ने योजना कम्पनीको छ । उक्त खाता नम्बर बैङ्कहरूमा जस्तै आईएमई पेमै हुन्छ ।

छुट्टै भिसा कार्ड
आईएमई पेले भविष्यमा बैङ्क बन्ने लक्ष्यसहित काम गरिरहेको छ । यही लक्ष्यअनुरूप यतिबेला आईएमई पेले सेवाग्राहीहरूलाई आफ्नै भिसा कार्ड प्रदान गर्दै आएको छ । जुन भिसा कार्ड आईएमई पेमा भएको रकम झिक्न प्रयोग गर्न सकिन्छ । भिसा कार्डले सपिङ गर्न पनि पाइने र भर्चुअल रूपमा पनि भिसा कार्ड जारी हुने गरेको छ । यही कारण भविष्यमा डिजिटल बैङ्क बन्ने लक्ष्यसहित योजना अघि बढाइरहेको बताइएको छ ।

बजारमा प्रचलनमा रहेका अन्य मोबाइल वालेटभन्दा फरक रहेको दाबी कम्पनीको छ । प्रयोगकर्ताले जम्मा गर्ने रकममा बैङ्कले जस्तै बजारमा कायम रहेको ब्याजदर प्रदान गर्नु, सबै क्यूआर स्क्यान हुनु र आफ्नै भौतिक र भर्चुअल रूपमा दिइने भिसा कार्डले बजारका अन्य मोबाइल वालेटभन्दा आईएमई पे फरक भएको बताइन्छ ।

336356110_5723469227776389_4005319314234333721_n

रेमिट्यान्स पाउने   
यस्तै आईएमई पेमार्फत विदेशबाट रेमिट्यान्स पाउने  फिचरसमेत कम्पनीले उपलब्ध गराएको छ । असीमित कारोबार गरे पनि शुल्क नलाग्ने व्यवस्था छ । एउटा सेवाग्राहीले दिनमा केन्द्रीय बैङ्कको नीतिअनुसार असीमित कारोबार गर्दा शुल्क लाग्दैन ।  

यस्तै आईएमई पेमा यतिबेला नेपाली र अङ्ग्रेजी भाषा सञ्चालनमा आइसकेको छ । रोजगारी र अध्ययनका लागि विदेश गएका नेपालीले एजेन्टमार्फत सिधै आईएमई पेमा रेमिट्यान्स पठाउन मिल्छ । आईएमई पे छैन भने रिसिभरको नाम र मोबाइल नम्बर हालेर पठाउन मिल्छ । तर आईएमई पे छ भने सिधै एजेन्टकोमा पुगेर आईएमई पेको एकाउन्टमा रेमिट्यान्स पठाउन मिल्छ । यसका लागि आईएमई पेले रिया मनिट्रान्सफरसँग व्यावसायिक साझेदारी गरेको छ । यो विश्वका १९० देशमा सञ्चालनमा छ ।

डिजिटल बैङ्क बन्ने लक्ष्य
यतिबेला ‘आईएमई पे’ले आफूलाई डिजिटल बैङ्कका रूपमा स्थापित गराउने लक्ष्य लिएको छ । तर यतिबेला मोबाइल वालेटलाई बढुवा गरेर डिजिटल बैङ्क बनाउने कुनै नीति छैन । नेपाल राष्ट्र बैङ्कले आगामी दिनमा यस्तो नीति बनाएमा सुरुमै आईएमई पेले डिजिटल बैङ्कको लाइन्सेन्स लिने योजना बनाएको छ । ‘नेपालको अर्थतन्त्रलाई क्यासलेस बनाउने हाम्रो योजना छ । सकेसम्म नगद कारोबारलाई पूर्ण रूपमा विस्थापित गर्ने योजना छ,’ सञ्जीव भन्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया