बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै

बुधबार, ०६ साउन २०८३, ०९ : ५५
बुधबार, ०६ साउन २०८३

सारांश

  • विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गराउँदै छन् ।
  • नेपाली कांग्रेसको प्रस्तावमा विपक्षी दलहरूले बिहान ११ बजे गृहमन्त्रीको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउन लागेका हुन् ।
  • मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे प्रमुख विपक्षी कांग्रेसको प्रस्तावमा एमाले, नेकपा र जसपा नेपालको समर्थन रहेको छ ।

काठमाडौँ । विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराउँदै छन् । 

राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको प्रस्तावमा विपक्षी दलहरूले बिहान ११ बजे गृहमन्त्रीको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउन लागेका कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक पदम परियारले जानकारी दिए ।  

मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे प्रमुख विपक्षी कांग्रेसको प्रस्तावमा विपक्षी दलहरू एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउने तयारी रहेको परियारले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप