कांग्रेसले घोषणा गर्यो कल्याण कोष
सारांश
- नेपाली कांग्रेसले पार्टीका संस्थापक वीपी कोइरालाको स्मृति दिवसको अवसरमा मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरेको छ।
- यस कोषबाट घरबारविहीन एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने र हाल १० लाख रुपैयाँ जम्मा भएको छ।
- कोष, पार्टीका अन्य राजनीतिक विषय र अभियानबारे बिहीबार राष्ट्रिय सभागृहमा आयोजना गरिने कार्यक्रममा विस्तृत जानकारी दिइनेछ।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर बुधबार मानव सहायता कल्याण कोष स्थापनाको घोषणा पनि गरेको छ।
कोषको घोषणा गर्दै सभापति गगन थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिए । कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने सभापति थापाले बताए ।
कोषका बारेमा विस्तृत जानकारी र पार्टीको अन्य राजनीतिक विषय तथा अभियानका बारेमा बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा घोषणा गरिने पनि सभापति थापाले जानकारी दिए ।
कांग्रेसले बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बीपी स्मृति दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरी अहिले सञ्चालन भइरहेको जरा अभियानको समापन र नयाँ कार्यक्रमहरूको घोषणा गर्ने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण